काठमाडौ, ३ फागुन । पूर्व भौतिक योजना तथा निर्माण राज्य मन्त्री समेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जय साहले भ्रष्टाचार विरुद्ध कुरा उठाउँदा अख्तियार दुरुपयोग अनुसन्धाल आयोगले नै आफूलाई सिध्याउने धम्कि दिएको खुलासा गरेका छन् ।
साहले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर धनुषाका सरकारी निकायमा भएका भ्रष्टाचारका विषयलाई उठाउँदा अख्तियारको कार्यालयकै ल्याण्डलाईबाट आफूलाई कर्मचारीले फोन गरेर अख्तियार विरुद्ध गतिविधी गर्ने तपाईलाई सिध्याई दिन्छौ भनेर धम्कि दिएको खुलासा गरेका हुन । साहले भने–आवश्यक पर्यो भने म कल डिटेलनै ल्याएर प्रमाण दिन सक्छु । अख्तियारका कर्मचारीले तपाई विरुद्ध मिडिया लगाईदिन्छु भनेका छन् । नेपाली मिडिया भ्रष्टाचारीको पक्षमा छैन त्यो मलाई राम्रो थाहाँ छ ।
भ्रष्टाचार विरुद्ध लड्नेलाई प्रोत्साहन गर्नु पर्नेमा दुख दिने काम गरेको गुनासो गर्दै उनले अख्तियार पछिल्लो समयमा देश भरी नै असुलीमा लागेको आरोप लगाए ।
अख्तियार भ्रष्टाचारीहरुको सबैभन्दा ठूलो अखडा बनेको आरोप लगाउँदै साहले अख्तियारलाई नसुधारेसम्म आफूले आन्दोलन जारी राख्ने स्पष्ट पारे ।
साहले भने–मलाई जेल पठाएपनि अख्तियारलाई ठिक पार्न छाड्दिन अख्तियार नसुध्रिएसम्म यो देशमा भ्रष्टाचार २० बाट १९ हुदैन । स्थानीय निकाय, प्रशासन र अख्तियारमा भएको भ्रष्टाचार विरुद्ध चार दिन धनुषा बन्द भएपछि उनीहरुले आफूलाई पन्छाउन धम्क्याउने र फसाउने षडयन्त्र गरेको दावी समेत पत्रकार सम्मेलनमा गरे ।
No comments:
Post a Comment