Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 17, 2013

निर्वाचन गराएर दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न आतुर छौः गृहमन्त्री


ढुक्क हुनुस, असारमा निर्वाचन गरेर विदा हुन्छौः कानूनमन्त्री
काठमाडौ, ३ चैत । गृह तथा पराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले आफूहरु असारकै पहिलो साताभित्रमा संविधानसभाको निर्वाचन गरेर दलहरुलाई नै नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । 
हिमालय टेलिभिजनमा आज राती ९ बजेर ५ मिनेटमा प्रशारण हुने द आरडी सोका लागि ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु दलिय ब्यवस्थालाई मजबुद बनाउने जिम्मेवारी सहित आएकोले यथासक्य चाँडो निर्वाचन गर्ने तयारीमा रहेको बताए । 
दलहरुकै सहमतिमा अहिलेको सरकार गठन भएकोले दलहरुसँग सहयात्रा गरेर अघि बढ्ने बताउँदै समयमै निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउन सबै सुरक्षा अगंहरुलाई परिचालन गर्ने तयारीमा सरकार रहेको खुलासा गरे । 
निर्वाचनको लागि आज भोली र पर्सी भित्रमै निर्वाचन आयोगमा आयूक्तहरु नियूक्त गर्ने तयारीमा सरकार लागेको जानकारी दिदै गृहमन्त्रीले भने–ऋषि जी तपाईहरु सबै ढुक्क भए हुन्छ । चुनाव हुन्छ र असारभित्रै गराएर राजनीतिक दलहरुलाई नेतृत्व हस्तान्तरण गर्छौ । 
केही दिनमै सरकारले समेत पूर्णता पाउने जानकारी दिदै सरकार राजनीतिक दलहरुको सहयोग, समर्थन र सहयात्रामै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने– हामि दलहरुकै सहयात्रामा अघि बढ्छौ त्यसैले दलहरु सबै जनतामा जान तयार हुनु पर्छ । 
कानून न्याय तथा संविधानसभा एवम श्रम तथा रोजगार मन्त्री हरिप्रसाद न्यौपानले छिट्टो निर्वाचन गरेर आफूहरु दललाई जिम्मेवारी सुम्पेर विदा हुने योजनमा रहेको उल्लेख गर्दै सबैलाई असार ७ गतेभित्रमै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । आफूहरु सहभागि रहेको सरकारको पछाडी दल र दलिय सहमति रहेकोले समयमै निर्वाचन गराउन आफूहरु सक्षम रहेको समेत उनले दावी गरे । प्रधानन्यायधिसले सर्वोच्च अदालतको काम नगर्ने भएकोले शक्तिपृथकीकरणलाई कतै पनि हानी नहुने दावी गर्दै यस विषयमा कतै पनि प्रश्न उठ्न नसक्ने बताए । 

No comments: