खाडी न्युज
कुवैत सिटी १७ मार्च । मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजना गरिएको च्यारिटी शो को सम्पूर्ण खर्च कटाएर आठ लाख भन्दा बडी पैसा नेपाल पठाउन लागिएको मेची मेची-महाकाली बृद्धाश्रम कुबेत साखाकाले जनाएको छ । टिकट बिक्री र दाताहरु को सहयोग बाट ५७६७.२५० कुवेती दिनार प्राप्त भएको सो च्यारिटी शो मा कलाकार को पारिश्रमिक र अन्य सबै खर्छ जोडेर ३५६७.२५० कुवेती दिनार खर्च भएको थियो जसबाट २२०० कुवेती दिनार आयोजक लाई फाइदा भएको थियो भने केहि दाता हरुबाट नेपाली रुपैया १ लाख ६० हजार १ सय १० प्राप्त भएको थियो। प्राप्त भएको मुनाफा ८ लाख भन्दा धरै रकम हुने र सम्पूर्ण मुनाफा बृद्धाश्रम निमार्णको लागि सहयोग गरिने छ।
च्यारिटी शो मा अन्तिम क्षेणमा आएर हुन गएका केहि अप्रिय घटनाले गर्दा अपेक्षीत मुनाफा भएन उक्त दिन एक दर्सक गम्भीर घाइते भएका र उहाको उपचार को लागि मेची-महाकाली बृद्धाश्रमले २०० केडी सहयोग गरेको छ।दाता हरु बाट सहयोग रकम आइरहेको साथै बक्यौता रकम भएको र केहि छुटपुट भएको पाइएमा अझै यो रकम मा हेर्फेर हुन सक्ने समितिका अध्क्षय धर्म राज गिरिले बताउनु भयो।
No comments:
Post a Comment