Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 17, 2013

‘भलिवल ओपन लिग २०१२-२०१३’


नेपाल तेश्रो स्थानमा
दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ अन्तर्गत पहलिो चरणका खेलमा नेपालले १२ अंकका साथ तेश्रो स्थानमा चित्त बुझाएको छ । गत ८ मार्च, शुक्रवारको खेलमा नेपालले प्रतियोगितामा सवैभन्दा शशक्त टोली भारतद्वारा २–० को पराजय ब्यहोर्नुपरेपछि नेपालको अवस्था एकस्थान तल झरेको हो ।
प्रतियोगितामा अपराजित रहेको भारत १४ अंककम साथ शिर्षस्थानमा छ भने १२ अंकका साथ कतार जुनियर्स दोश्रो स्थानमा रहेको छ । नेपालले भारत र कतार फाउण्डेशनसंग हारेका कारण समान अंकका बाबजुत नेपाल तेश्रो स्थानमा पुगेको हो । १० अंकका साथ फिलिपिन्स चौथो र इजिप्ट पाचौं स्थानमा छन् भने मोवासलात ८ अंकलिएर छैटौं र कतार फाउण्डेशन ६ अंकका साथ सातौं स्थानमा छन् । अंकतालिकामा पुच्छरमा रहेको लेवननको ४ अंक छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपाललाई २–० ले स्तब्ध पार्ने क्रममा भारतले २५–१८ र २५–२३ को नतिजा निकाल्यो । 
लिग अन्तर्गत गत शुक्रवारको अर्को प्रतिस्पर्धामा कतार जुनियर्सले फिलिपिन्सलाई २–० ले हरायो भने र कतार फाउण्डेशन र लेवननका टोली खेल्नै आएनन् । शुक्रवार इजिप्टले मोवासलातलाई २–० ले पराजित गर्यो ।अवको चरणमा नेपालले कतार जुनियर्ससंग र भारतले फिलिपिन्ससंग खेल्नेछन् । अघिल्लो चरणका खेल पनि अल अरवी क्लवमा नै शुक्रवार, १५ मार्चमा शुरु हुनेछन् । दोश्रो चरण २२ मार्चमा र फाइनल खेल ५ अप्रिलमा हुने योजना रहेको छ । शुक्रवारको खेलमा एशोसिएनका बरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

No comments: