Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 17, 2013

विश्व महिला दिवस मनाइयो


प्रेम लामा
दोहा– कतारमा कार्यरत नेपाली महिलाजनले पनि १०३ औं विश्व महिला दिवस उत्साहपुर्वक मनाएका छन् । ८ मार्चमा सो दिवस मनाउन नेपाली महिला समाज कतारले एक विशेष समारोहको आयोजना ग¥यो । महिला दिवसमा अवसरमा समुदायमाझ यस किसिमको आयोजना गरिएको यो पहिलोपटक हो ।
प्रथम उपाध्यक्ष रोजीना बस्तोलाको सभापतित्वमा आयोजित सो कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि राजदुत डा. माया कुमारी शर्माले अमेरीकाबाट महिलाहरुले आºनो हक अधिकार र समानताको लागि गरेको आन्दोलन हाल आएर विश्वभरी महिला दिवसकारुपमा मनाइने परम्परा रहेको जानकारी गराउँदै नेपालीहरूमाझ आएको जागरणप्रति खुसी ब्यक्त गरिन् ।
‘संस्था खोलेर मात्र हुँदैन संस्थामा नेतृत्व गर्ने मान्छे राम्रो हुनपर्छ । नेतृत्व के हो भन्ने कुराको राम्रो जानकारी हुनु अति नै जरुरी छ’ सामुहिक ऐक्यबद्वतामा जोड दिँदै राजदुतले भनिन्– ‘कार्यक्रममा आएर भाषण गर्दैमा नेतृत्व सहि छ भन्ने सिद्व हुँदैन, काम गरेर देखाउनुहोस् ।’ महिला मानवका मात्र जन्मदाता तथा मातृशक्ति भएकोले जहाँ महिलालाई पूजा गरिन्छ, त्यहाँ भगवान पनि खुशी हुने सन्दर्भ राजदुतले उल्लेख गरिन् । महिलालाई आजको समाजले हेर्ने दृष्टिकोणमा अझैपूर्ण रुपमा परिवर्तन आइनसकेकोले जागरुक हुनुपर्नेमा उनले जोड दिइन् । प्रवासमा कामको सिलसिलामा अहिले पनि नेपाली महिलाहरु उत्पीडनमा पर्नुको कारण शिक्षा, संस्कृति, सिप र चेतनाको कमी हुनु रहेको उल्लेख गर्दै राजदुतले प्रवासमा आएर दुःख पाउने कारणहरूको निदानका लागि सामुहिक छलफलहरू जरुरी रहेको बताइन् ।
‘पुरुष पनि प्रशस्तै उत्पीडनमा परेका छन्, नारीको उत्पीडन कहालीलाग्दो छ’ कतारमा आएकी पहिलो महिला राजदुतको भनाई थियो– ‘नेपाली महिलाहरुले प्राय गरी यहाँ पाउने जागिर भनेको केही महिला बाहेक अरुले निम्नस्तरको नै हो । त्यसैले उनीहरुले बाध्य भएर सो काम गर्नुपर्ने अवस्थामा छन् । शिक्षा, भाषा र शिप विनाको जनशक्तिलाई विदेशमा कठिन छ, नारी होस या पुरुष यो दुवैमा लागू हुन्छ । सवैभन्दा पहिला हामी  सक्षम हुन् जरुरी छ अनि मात्र हामी कहिँ कतै पनि उत्पीडनमा पर्दैनौं ।’
राजदुतको सुझाव थियो– ‘विदाको बेलामा समयलाई सही तरीकाले सीप सिक्ने र केही अघि बढ्ने खालका कार्य गर्नुभन्दा पनि फोनमा वा अन्य कार्यमा अनावश्यक रुपमा बढी समय खर्च गरिएको देखिन्छ । चिन्तन लगनशिल र सचेत हुने कार्यमा बढी समय दिएको देखिँदैन । अहिलेको २१ औं शताब्दीमा अधिकार भन्ने कुरा मागेर होइन खोसेर लिन जान्नुपर्छ र पुरषको मात्र विरोध गर्नुभन्दा पनि कार्यकुशलता, जोश जाँगर, हिम्मतका साथ अघि बढ्नुपर्छ ।’ महिला सम्वन्धि सुरक्षा नीतिहरु कानुनमा उल्लेख गरेर मात्र नहुने ब्यवहारमा पनि लागु गरिनुपर्ने र सबैभन्दा पहिला हरेकले महिला तथा बालबालिकाको कसैको आमा श्रीमती र दिदीवहिनी भएकोले उनीहरुको सुरक्षा गर्नु सबैको दायित्व हो भन्ने बुझ्नुपर्ने राजदुतको धारणा थियो । नेपाल होस या कतार विश्वका जुनसुकै देशमा कार्यरत नेपाली नारीहरुले अब शिक्षा, सीप र चेतना लिएर अगाडी बढन अति जरुरी रहेको राजदुतले बताइन् । कतारमा पनि पहिलो चोटी विश्व नारी दिवस मनाइएकोमा उनले प्रशन्नता जनाइन् । राजदुतले अरु सहभागीको समयको दुरुपयोग गर्न नहुने र सम्बन्धित विषयमा मात्रै केन्द्रित रहेर मन्तब्य राखिनुपर्नेमा जोड दिँदै सो अवसरमा लिखित मन्तब्य प्रस्तुत गरेकी थिएन् । सहभागीहरूले राजदुतको लिखित मन्तब्य बाचनको प्रसंसा गर्दै अन्य वक्ताहरूले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।
सो अवसरमा समाजका अध्यक्ष रेखा राईले एक कार्यपत्र पेश गरिन् भने समाजका सचिव अमिना खानले स्वागत मन्तब्य राखिन् । सभापति बस्तोला र कार्यक्तम प्रस्तोता महासचिव जानुका खड्का बस्नेतले कृतज्ञता मन्तब्य राखे । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत गुरुङ्गले अवधारणमाथि टिप्पणी र सुझाव सल्लाह दिए । उनले पनि आधा आकाश ढाकेका महिलाहरूलाई संस्थागत शुभकामना समर्पण गरे । 
‘एक्काईसौं शताब्दीमा महिलाहरुको समस्या’ वारेमा छलफल गरिएको सो अवसरमा प्रवासी नेपाली आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष विनेश तामाङ, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष दिल किरण खुजुम, अनेसास कतारका अध्यक्ष हेमन्त परदेशी, संघीय समाजवादी मञ्च कतारका अध्यक्ष आसमान तामाङ, बाग्लुङ्ग सेवा समाजका अध्यक्ष मदन श्रीस, दाङ्ग–देउखुरी प्रवासी सेवा समाजका अध्यक्ष लुमाकान्त पुन, नेपाली जनसम्पर्क समितिका महामन्त्री करिमबक्स मियाँ, कतार नेपाली एकता समाजका महासचिव हेमन्त वाइवा, जनप्रगतिशिल मञ्चका महासचिव तिल विक्रम थेवे, अन्र्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य अर्जुन थापाले पनि महिलाहरुको अधिकार र महिला समस्याहरुको बारेमा मन्तब्य राखेका थिए । कतार युएई एक्सचेञ्जले सो कार्यक्रमलाई महत्वपुर्ण सहयोग गरेको थियो । एक्सचेञ्जका मार्केटिङ अधिकारी राजराम बुढाथोकी सो अवसरमा सहभागी थिए ।
सो अवसरमा स्थानिय कलाकारहरूले नारी जागरण सम्वन्धि विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यकममा लोक दोहोरी गायीका देविका केसी लगायत अन्य विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकारहरू, ब्यवसायी, कतारमा विभिन्न पेशामा कार्यरत नेपालीजनको निकै बाक्लो उपस्थिति थियो ।

No comments: