Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 25, 2013

भ्रष्टाचारको अखडा बन्दै सूचना प्रविधि केन्द

राजेन्द्रप्रसाद चिमौरिया
काठमाडौ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्र यतिबेला भ्रष्टाचारको अखडामा परिणत भएको स्रोतले बताएको छ । सन् २००२ मा सिंहदरबारभित्रका सरकारी कार्यालयलगायत सरकारी कार्यलाई आधुनिक प्रविधिबाट कम्प्युटराइज्ड गरी चुस्त र दुरुस्त पार्ने लक्ष्यसहित स्थापना भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र व्यवस्थापन पक्षकै कारण लथालिङ्ग र भताभुङ्ग हुन पुगेको सम्बद्ध कर्मचारीले बताएका छन् । सूचना प्रविधि केन्द्रले गति लिन नसक्नुको मुख्य कारण केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर अनुप बास्कोटा नै भएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार निर्देशक बास्कोटा केन्द्रको प्रगतिभन्दा पनि कसरी हुन्छ, कमाउा भन्ने दिशामा उद्यत भएपछि केन्द्र धराशयी हुने अवस्थामा पुगेको छ । सरकारी निकायका कामकारवाहीलाई चुस्त, दुरुस्त र प्रविधियुक्त बनाउने जिम्मा लिएको केन्द्रले आˆनै वेवसाइट समेत अपडेट गर्न सकिरहेको छैन । यस विषयमा कार्यालयका एक कर्मचारी भन्छन्- 'हाम्रा हाकिमहरु कताबाट दाम र्झछ त्यतै मरिहत्ते गर्छन् । कार्यालयको काम र प्रगति गर्नेतर्फ कसैको ध्यान छैन । उनीहरुको कार्यालयको बजेट र विदेशी दातृराष्ट्रबाट प्राप्त अनुदानमा कसरी हुन्छ ब्रहृमलुट मच्चाउन पाइन्छ भनेर ताछाडमछाड गरिरहेको स्थिति छ । सिंहदरबारभित्र यति धेरै भ्रष्टाचार गर्ने थलो सायद यही एउटा कार्यालय होला, जहा सियो किन्दासमेत कमिसन खाने हाकिमहरु छन् । विगतमा पनि कार्यालयमा यस्तै कमिसनतन्त्र तथा भ्रष्टाचार बढेपछि विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन गरेको र पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो । तर,तत्काल केही कमी पनि भएको थियो । तर, निर्देशक अनुप बास्कोटा नियुक्त भएपछि फेरि भ्रष्टाचार मात्रै बढेको छ । निर्देशक अनुप बास्कोटालाई सघाउने यहाका माथिल्ला स्तरका कर्मचारी नै छन् भन्दै उनले निकट भविष्यमा नै निर्देशक अनुप बास्कोटा र संलग्न कर्मचारीहरुले केन्द्रभित्र गरेका अनियमितताको उजागर गर्ने प्रतिबद्धतासमेत जनाए । 

No comments: