Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 25, 2013

गोरखा सेवा समाज युएईको बिशेष भेला तथा अन्तरक्रिया कार्यक्रकम हने


विनोद श्रेष्ठ "क्रान्ति "
युएई, चैत्र ११,युएई  रहनुभएका सम्पूर्ण गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज युएईको बिशेष भेला तथा अन्तरक्रिया कार्यक्रम आगामी अप्रिल ५, शुक्रबारका दिन दुबईको जेबिल पार्कमा हुने भएको छ। 
१३ जनवरी २०१२ का दिन विधिवत स्थापना भई सामाजिक कार्यमा क्रियाशिल रहदै जिल्लाको बिकाशको लागि पनि विभिन्न किसिमबाट सहयोग गर्दै आएको ,यस संस्थाले २२ मार्च शुक्रबारका दिन दुबइ,मेट्रो पार्कमा बसेको गोरखा सेवा समाज युएई,केन्द्रिय समितीको नियमित बैठक तथा अप्रिल ५ मा हुन गईरहेको भेला ब्यबस्थापन समिती, तथा क्षेत्रिय समितीहरुका सम्पूर्ण साथीहरु,सल्लाहकार ज्यूहरु र भेला ब्यबस्थापन समितीका साथीहरु तथा युएईमा रहनुभएका सम्पूर्ण गोरखाली दाजुभाई तथा दिदीबहिनीहरुको भव्य उपस्थितिमा केन्द्रिय समिति शुरेश ढकालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन गर्ने निर्णय गरियो ।
कार्यक्रममा आउँदो अप्रिल ५ मा हुन गईरहेको बिशेष भेला तथा अन्तरक्रिया कार्यक्रमको सफलता साथै कार्यक्रमको कार्य बिभाजन तथा केन्द्रिय समिति हेरफेर गर्ने प्रस्ताबमा साथिहरू बिच छलफर भयो ।
 र आगामी दिनमा अझ प्रभावकारी तरिकाले सामाजिक कार्य गर्न बिशेष कार्ययोजना बनाउने तथा युएईबासी सम्पूर्ण गोरखालीहरु बिचमा नयाँ वर्ष २०७० को शुभकामना आदान प्रदान गर्ने निर्णय गरी उक्त कार्यक्रम सम्पन्न गरियो। 

No comments: