भाईराम चौलागाई
कुवैत सिटी १३ मार्च।काउन्सिल अफ मिनिस्टर कुवेतका कम्पनीका कमान्डर क्याप्टेन कुल प्रसाद गुरुङको सक्रियतामा कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न भएको युएई एक्सचेन्ज रनिङ्ग कप आज एक कार्यक्रम का बीच क्याप्टेन कुल प्रसाद गुरुङ ले युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड पान्सली भर्गिसलाई हस्तान्तरण गरेका छन्। १०१ के.डी. नगद पुरस्कार राशी रहेको युएई एक्सचेन्ज रनिङ्ग कपमा कब्जा पाउन लगातार ३ वर्ष बिजयी हासिल गर्नु पर्ने छ। स्मरण रहोस रनिङ्ग कपको पहिलो सस्करणमा "युएई एक्सचेन्ज इण्डियन" टिमले बिजय हासिल गरेको थियो।प्रतेक बर्ष कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवसको अवसर पारेर एस डी एफ सी पार्कमा सम्पन्न गरिने खुल्ला भलिवल प्रतियोगितामा एशियाली मुलुकहरुले सहभागिता जनाउन सक्नेछन।
कुवैत सिटी स्थित युएई एक्सचेन्ज को कार्यालयमा सम्पन्न कार्यक्रममा युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड पान्सली भर्गिस ज्यु बाट क्याप्टेन कुल प्रसाद गुरुङले रनिङ्ग कप सम्पन्न गर्न पुयाउनु भएको कार्यको कदर गर्दै मायाको चिनो प्रदान गरेका थिए भने युएई एक्सचेन्ज कुवैतका नेपाली समन्वयक राम बस्नेतले क्याप्टेन कुल प्रसाद गुरुङले नेपाली समाजमा पुयाउनु भएको योगदानको प्रसंशा गर्दै बिगत देखि नै एस डी एफ सी ले आयजोन गर्दै आएको भलिवल प्रतियोगिता युएई एक्सचेन्ज सग सहकार्य गर्दै भब्य बनाउनु भएकोमा हार्दिक धन्यवाद दिनु भएको थियो।
No comments:
Post a Comment