पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ आइए उत्तीर्ण गर्नुभएको हो । त्यसपछि रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । उहाँको घर नं १८२/१५ हो । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ ।
नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो । न्यायसेवा प्रवेशको दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो भने त्यसको ११ वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन् १९९१ बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि १९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्षपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्ष बाँकी छ ।
सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुभएका रेग्मीले सन् १९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहाँले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।
अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष बन्ने सौभाग्य पाउनुभएका रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क, स्वीडेन, जापान, दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भुटान र भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म छिमेकी चीनको भ्रमण गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म पुग्नुभएको छ ।
आचार संहिता बनाउने आफैं
सन् २००८ मा तयार पारिएको न्यायाधीशहरुको आचारसंहितामा रेग्मीको महत्वपूर्ण योगदान रहेको छ । सो आचारसंहिता निर्माण गर्ने समितिको उहाँ संयोजक हुनुहुन्थ्यो । आफूविरुद्ध अदलातमा परेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँ सरकारको नेतृत्व सम्हाल्न तयार देखिनुभएको हो ।
No comments:
Post a Comment