३० फागुन, काठमाण्डौ । आगामी असार ७ गतेभित्र संबिधानसभाको चुनाव गर्नेगरी तीन राजनीतिक दल र मधेसीमोर्चावीच ११ बुँदे राजनीतिक सहमतिपत्रमा हस्ताक्षर भएको छ । साथै सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को प्रधानमन्त्री बनाउन २५ बुँदे बाधा अडकाउ फुकाउने प्रस्तावमा समेत दलहरुवीच सहमति भएको छ ।
केहीवेरमै बस्ने मन्त्रिपरिषदले बाधा अडकाउ फुकाउ सम्बन्धी अध्यादेश पारित गरी राष्ट्रपति समक्ष पेश गर्दै छ । त्यसलगत्तै राष्ट्रपतिले रेग्मीलाई शितल निवासमा सपथ ग्रहण गराउने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । राजनीतिक दलहरुवीच असार ७ भित्र चुनाव गर्ने सहमति भएको छ । चुनावको मिति मन्त्रिपरिषद्ले तोक्ने छ । दलहरुले माओवादी लडाकूलाई एक कर्नेल र दुई लेफ्टिनेन्ट कर्नेलको दर्जा दिन सहमति जनाएका छन् । सत्य निरुपण आयोगबारे गम्भीरप्रकृतिका युद्ध अपराध एवं मानवअधिकार उल्लंघनमा माफी नदिने गरी सहमति भएको छ । रेग्मीको नेतृत्वमा बन्ने नयाँ चुनावी मन्त्रिपरिषद् ११ सदस्यीय रहने सहमति दलहरुले गरेका छन् । सरकारमा पूर्व प्रशासक एवं पूर्व कर्मचारीहरु रहने छन् ।

No comments:
Post a Comment