नातिबाबु भट्ट
मार्च १८, कोलोराडो
ज्ञानका ज्योती गौतम बुद्ध र सगरमाथा, बिश्वकै लाईट र हाईट ठूला सम्पदाहरु भइकन पछाडी परेको नेपालाई एउटा छुट्टै कार्यक्रमका साथ देश चिनाउने लक्ष्य बोकी हिडेका रबि लामिछाने कोलोराडो आई पुगेका छन् । नेपाल र नेपालीको बिकासको लागि नेपालमा राम्रा काम गरेका ब्याक्तिहरु संग बिश्व ईतिहासमा सबै भन्दा लामो ६० घण्टा म्याराथुन टक सो कार्यक्रम सञ्चालन गरी गिनीज बुक अफ रेकर्डमा नाम लेखाउने उद्धेश्य बोकेका रबि लामिछाने ,कार्यक्रमको प्रचार प्रसार र सहयोगका लागी कोलोराडो आएका हुन् । उनलाई आईतबार कोलोराडो बासी नेपालीहरुले एक कार्यक्रम मार्फत सक्दो सहयोग र सफलताको शुभकामना दिएका छन् ।
अमेरीका नेपाल टेलीभिजनका र बिआरटी नेपाल डटकमको आयोजनामा सम्पन्न कार्यक्रममा उनलाई शुभकामना मन्तब्य दिनेहरुमा रकि माउन्टेन्स फ्रेन्ड्स अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, तमुधी समाजका अध्यक्ष रमेश गुरुङ, अन्तराष्ट्रिय साहित्य समाजका महासचिव पदम बिश्वकर्मा, गायक दिपेशकिशोर भट्टराई, एएनएका पूर्व अध्यक्ष नविन दत्त, संचार कर्मी फणेन्द्र कार्की, कलाकार निर्मल प्याकुरेल लगायतका धेरै ब्याक्तिहरु रहेका थिए ।
त्यसैगरी आयोजक संस्था अमेरीका नेपाल टेलीभिजनका कृष्णमुरारी ढुङ्गेल र बिआरटी नेपाल डटकमका शैलेस पोख्रेलले रबि लामिछानेलाई खादा ओडाएर स्वागत गरेका थिए । बम्बाई प्लेस ब्रुमफिलमा आयोजित कार्यक्रममा आङ्खनो कार्यपत्र प्रस्तुत गर्दै संचारकर्मी एबं प्रखर बक्ता रबि लामिछानेले जन्मभुमीको असाध्यै माया हुंदाहुदै देशको स्थिती भयाबह भएका कारण देश छोड्नु परेको बताए । तर सानै देखि आफुमा देशको लागी केही गर्नुपर्दछ भन्ने भावना पलाएको कारण आज देश चिनाउ यस्तो बाटो अगाल्न आई पुगेको बताए । यस माहान यत्रामा देश तथा बिदेश बस्नुहुने सबै नेपालीहरुको साथ, सहयोग र आर्शिवाद पाए आफुले अबश्य सफलताको शिखर चुम्ने निश्चय गरे ।
लगातार ६० घण्टा म्याराथुन टक सो कार्यक्रम गरी गीनीज बुक अफ रेकर्डमा आङ्खनो नाम लेखाउन आफुले त्यत्ती जोखिम नठानेको, तर कार्यक्रमलाई प्रभाबकारी बनाई बिश्वको ध्यान तान्न भने जोखीम रहेको स्विकार गरे । जतीगर्न सकिन्छ त्यती बोल्ने र बोलेको कुरो पुरा गरेर छोड्ने आङ्खनो स्वभाब रहेको जानाकारी दिए । कार्यक्रमको प्रचार प्रसार पछि आफुलाई बिश्वको कुना कुनामा रहेका दाजु भाई दिदी बहिनी बाट धेरै राम्रा सल्लाह सुझाव आएको त्यस्ता सल्लाह सुझवलाई कार्यक्रममा संगड्दै अगाडी बढ्ने निश्चय गरे ।
शुभ चिन्तक नेपालीहरुले खचाखच भरिएको हलमा रबिले, आगामी अप्रील ११ मा लुम्बिनीको कपिलबस्तुमा शान्तिदिप बालेर कार्यक्रम आरम्भ गरिने, उक्त शान्ति दिपलाई देशको बिभिन्न भाग घुमाउदै काठमाण्डौं स्थित न्यूज ट्वान्टिफोर टेलभिजनको हलमा कार्यक्रम अबधिभर राखिने र त्यहीबाट कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने जनाए । त्यसैगरी कार्यक्रम अबधिभर टेलीभिजनको पर्दामा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश राखिने उनको भनाई रहेको छ । न्यूज ट्वान्टिफोर टेलभिजले यो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने छ भने वेलकम ईभेन्ट म्यानेजमेन्टले कार्यक्रम म्यानेजमेन्ट जिम्मा लिई सकेको छ ।
कार्यक्रमको यो सफलता पछि देश तथा बिदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको १० लाख हस्ताक्षर लिई संयूक्त राष्ट्रसंघका माहासचिव वनकी मुनलाई लुम्बिनी भ्रमणको निम्तादीन गाजा बाजा झाकी सहित संयूक्त राष्ट्रसंघकाको कार्यालय जाने योजना रहेको रबिले बताएका छन् । यस अघि पनि दिल शोभा श्रेष्ठको कार्यक्रम, सेती पिडित, धादिङ सल्यानटारको खानेपानी लाई सहयोग जुटाई सकेका रबिले यदि नेपाली दाजुभाई बाट प्राप्त सहयोग कार्यक्रम समाप्ति पछि बांकी रहे यस्तै सामाजिक क्षेत्रमा प्रगोग गरिने बाचा गरे ।
हाम्रा माहान सम्पदालाई छिमेकी राष्ट्रले विश्व अगाडी भ्रम फैलाई रहेको बर्तमान अबस्थामा यस कार्यक्रम मार्पmत बिश्वभर सकारात्मक सन्देश जाने र नेपाल बाटै फेरी एकपटक बिश्व शान्तिको सन्देस फैलने उनको दाबी छ । कार्यक्रम बारे थप जानाकारी चाहिएमा मेरोदेश डटकम वेबसाईड बाट प्रप्तगर्न सकिने उनको सुझाव रहेको छ ।
No comments:
Post a Comment