Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 22, 2013

कुवैतमा नेपाली चेलीको नेपाली रुपिया ९ लाख ५० हजार बरबार लुटपाट

लामा भाई (इस्ट मान वाईबा) कुवेत सीटी  २२ मार्च २०१३
नेपाली चेलीको नेपाली रुपया ९ लाख ५० हजार बरबार लुटपाट |
    मकवानपुर जिल्ला चुर्यमाई ग.बि.स ६ निवासका मिना वाईबा तामाङ बिगत लामो समय देखी कुवेत जहरा स्थित अलआमर अफिस नम्बर ८० मा काम  गर्दै आईरहेको थियो, भने गत मार्च १८ तारिक जहरा स्थित मध्यान्न १:३० बजे अफिसबाट रूम तर्फ जाने क्रममा बिच बाटोमै २ जना ‘’बेदु’’ ( Non Nationality ) ले गाडीमा आई उहाँ माथि आक्रमण गरेको र उहाको साथमा रहेको  ब्याक लुटेर लागेको  पिडित मिना वाईबाले खाडीन्यूज डट्कमलाई जानकारी गराएका थिए, र उहाको भनाई अनुसार तेस लुटिएको ब्याग भित्र ठूलो धनरासी 2,900.000 KD , एक सेट I phone 4G र एक सेट Nokia X-3  साथमा सिभिल आईडी र थुपरै जरुरि कागजात पत्रहरु भएको बताउनुभयो

     दिनको उज्यालो अनि मान्छेहरुको भीडबाटै यसरी आफू लुटिएको र देख्ने व्यक्तिहरुले आफु रुदा कराउदा पनि सहयोग नगरेको देख्दा आफुलाई साच्चै नै परदेशमा यस्तो पो हुदो रहेछ, अफ्नो भन्ने कोहि नहुदोरहेछ भन्ने कुरा उहाले बताउनु भयो | लुटपाट पश्चात पिडित नेपाली दूताबास तथा जहरा पुलिस थाना घटनाको बयान गर्न पुग्छन | तर दुवै पक्षबाट कुनै किसिमको सुनाई नभएको पिडित मिना वाईबा बताउछिन |

    हामी कुवेत प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यो घटनाले पक्कै पनि धेरै पिरोलेको हुन सक्छ, जो कोहि पनि कुवेतको ठाउमा हिड्डुल गर्दा साबधान भएर हिड्न पनि यो घटनाले एउटा चेतनाको संकेत दिएको ठान्दछु | भोलिको दिनमा मिनाको ठाउमा हामी कोहि पनि पर्न सक्छौ, तसर्थ हामी नेपालीहरु मिली पिडित मिनालाई सर-सहयोग गर्नु पर्ने देखिएको|अन्ततः कुवेत प्रबासी नेपाली समाज तथा संघ सस्थाहरुले पिडित मिना वाईबालाई पूर्ण सहयोग गरिदिनुहुन खाडीन्यूज डट्कम हार्दिक अनुरोध गर्दछौ |


No comments: