Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 10, 2013

आत्मदाहको शंकामा ११ तिब्बती पक्राउ, बौद्ध क्षेत्रमा सुरक्षा कडा


नागरिक 
काठमाडौं, फागुन २७ (नागरिक)- चीन विरोधी गतिविधमा संलग्न भएको भन्दै ११ जना तिब्बतीलाई प्रहरीले पक्राउ गरेको छ। तिब्बतमा चीनले शासन सुरु गरेको ५४ औं वार्षकोत्सवमा 'अवाञ्छित' प्रदर्शन गर्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

'केही तिब्बतीयनलाई पक्राउ गरेका छौं', प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने- 'सबैसँग छानवीन गरेका छैनौं।' २० हजार तिब्बती 'चीन विरोधी गतिविधि'मा संलग्न भएको आरोप लगाउँदै चीन सरकारले नेपाललाई त्यस्ता गतिविधि रोक्न दवाब दिँदै आएको छ।

केही महिना अघि एकजना बौद्ध भिक्षुले स्वतन्त्र तिब्बतको माग गर्दै बौद्धमा आत्मदाह गरेका थिए। भिक्षुको आत्मदाह लगत्तै त्यस बारेमा नेपाल सरकारको धारणा माग्दै चिनिया राजदूत योङ हउलानले नेपाल सरकारलाई डिप्लोम्याटिक नोट पठाएका थिए। भिक्षुले स्वतन्त्र तिब्बतको माग गर्दै बौद्धमा आफूलाई आगो लगाई आत्मदाह गरेपछि चीन विरोधी गतिविधि रोक्न चीन बढी सक्रिय भइरहेको छ।

आइतबार तिब्बतमा चिनियाँ शासन सुरु भएको ५४ औं वार्षिकोत्सव मनाइँदैछ। यो अवसरमा तिब्बतीहरुले आत्मदाहसम्मको घटना गराउन सक्ने जानकारी पाएपछि प्रहरीले बौद्ध क्षेत्रमा गस्ती बढाएको जनाएको छ।

No comments: