Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 10, 2013

"पर्दाका कलाकार भन्दा फरक व्यवहार गरेको महसुस हुन्छ"रोमा न्यौपाने

लामा भाई इस्ट मान वाईबा/प्रदिप नेपाली कुवेत सिटी २०१३/३/१०
सुनसरी,इटहरीमा  जन्मनु भएकी, नेपालमा मात्र नभएर बिदेशमा पनि एक खुट्टाले नाच्ने पहिलो महिला रोमा न्यौपाने मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ च्यारिटी शो म भाग लिन आउनु भएकी न्यौपाने अति नै खुशीका साथ च्यारिटी शो कार्यक्रम मनाएर नेपाल फर्कदै छन ।प्रस्तुत छ उहासँगको छोटो अन्तर्वार्ता ।
  • यो अपाङ्गता जन्मजात हो वा कुनै घटनामा यस्तो हुन् गएको हो ?र यो कति सालमा यस्तो भएको हो ?
मलाई सालत त्यति थाहा छैन म आठ वर्षको थिए स्कुल जाँदा गाडीको ठक्करबाट आफ्नै जन्मस्थान सुनसरी,इटहरीमा भएको हो !
  • अपाङ्गता हुनुहुन्छ आफ्नो व्यक्तिगत जिवनमा विभिन्न दु:ख कष्ट आइपर्यो  होला यसको बारेमा केहि बताइदिनु हुन्छ वा आफ्नो व्यक्तिगत पृष्ठभूमीको बारेमा बताइदिनु हुन्छकी ?
यस्तो त् अवस्य पनि भईहाल्छ मलाई स्कुलमा जाँदा पनि सपांगलाई भिन्नै व्यवहार हुन्थ्यो यो अवस्थासम्म आइपुग्दा मलाई मिडियाले धेरै सहयोग गर्त्यो तर अहिले मलाई यस्तो लाग्दैन मसँग कला छ,अहिले सबैले समान गर्छ बोल्छन भेट्न पाए पनि हुन्थ्यो जस्तो मान्छन र म संघर्षका साथ यँहासम्म आइपुगेको हु !
  • आमाबाबु घरपरिवार तथा साथी भाईबाट कतिको सहयोग पाउनु भएको छ ? र केहि कसैबाट घृणा  गरेको जस्तो महसुस हुन्छ ?
पहिलो सपोर्ट त् मेरो परिवारको हो र मलाई यो अवस्था सम्म ल्याइपुर्याउन मेरा गुरु केशब सापकोटाको सबै भन्दा ठुलो योगदान छ, उहाँले मलाई एक खुट्टा उचालेर सिकाउनु हुन्थ्यो कहिले रिसाउनु हुनुहुन्थ्यो र हरपल सहयोग गरेर म यो अवस्था सम्म आइपुगेको हु !
  • बिबाह भएको छ ?
हजुर भईसक्यो एसरी नै कला छेत्रमा हिन्दाहिन्दै ३ वर्षा अगाडी भएको लभ म्यारिज हो ! 
  • पारिवारिक जिवन कतिको सहज छ ?अहिले सबै कुरामा खुसी हुनु हुन्छ ?पैसा कतिको कमाउनु भयो ?
पारिवारिक जिवन मेरो सोचे भन्दा राम्रो छ, सबैले माया गर्नु हुन्छ,श्रीमान पनि अति सहज रुपमा लिनु हुन्छ,,मैले पैसा भन्दा पनि दर्शकको प्रेरणा बनेकी छु, म यसैमा खुसी छु !
  • नेपालमा मात्र नभएर बिदेशमा पनि एक खुट्टाले नाच्ने पहिलो महिला हुनु हुन्छ, आफुलाई कतिको गर्ब लाग्छ ? र अझै केहि गर्न बाँकी छ जस्तो लाग्छ ?
धेरै गर्न बाकि छ अहिले आएर नेपाल देखि लिएर देश बिदेशमा गएर आफ्नो कला प्रदर्शन गर्न पाएको छु, दर्शकको माया पाएको छु, उहाँहरुको मायाले गर्दा म यहाँसम्म आएकी छु खुसी लाग्छ !
  • अहिले सम्म कति वटा देश घुम्नु भयो ? यसरि जाँदा दर्शक तथा आयोजकबाट के-के भन्छन वा पारिश्रमिक स्थिति कस्तो छ ? कतैबाट भेब्भाब भए जस्तो लाग्छ ? 
सुरुमा त् आयोजकले भिन्नै व्यवहार गर्छन पर्दाका कलाकार र ममा छुट्टयाउछन तर मेरो कला हेर्छन र मान सम्मान गर्छन अहिलेसम्म आएर १० वटा भन्दा बढी देश घुमिसकेको छु !
  • आन्तिममा नेपालमा मात्र नभएर बिदेशमा रहेका नेपाली बाट कतिको माया र सदभाब बटुलीरहनु भएको छ?तपाइका शुभचिन्तक तथा दर्शकहरुलाई के भन्न चाहन्नु हुन्छ ?
म के भन्न चाहन्छु भने हामी अपाङ्ग भएका व्यक्तिहरुलाई माया ममता र अवसरको खाँचो छ मेरो पढाइ इन्टर हो थोरै पढाइ भए पनि म अरुले जस्तै गर्न सक्छु जस्तो लाग्छ, म पनि देश र राष्ट्रको लागि केहि गर्न सक्छु जस्तो लाग्छ, र म आफु जस्तै साथीहरुको लागि केहि गर्ने सोचमा छु, म आफैले V  A  D  नेपाल (भोलेन्टर एसोसेसन फर डिसेबल)भन्ने संस्था खोलेर म जस्ता अपाङ्ग साथीहरुलाई सहयोग गर्दै आइरहेको छु, अझै पनि यसैगरी नेपालीहरुको माया र ममताका साथै सात पाए भने अरु धेरै काम गर्छु भन्न चाहन्छु !

No comments: