चितवन, २७ फागुन
। चितवनको सौराहामा
सम्पन्न १० औं
नारायणी अंचलस्तरीय तेक्वान्दो प्रतियोगितामा
७ स्वर्णसहित चितवन
जिल्ला उपाधि जितेको छ ।
सौराहा तेक्वान्दो डोजाङ र
सरित सौराहा तेक्वान्दो
डोजाङले संयुक्त रुपमा प्रतियोगिता
आयोजना गरेको हो ।
यस्तै प्रतियोगितामा आयोजक
टिम ए स्वर्णसहित
दोस्रो र बारा
जिल्ला १ स्वर्णसहित
तेस्रो स्थान हासील गरेका
छन्। प्रतियोगिताको उत्कृष्ट
खेलाडीमा पुरुषतर्फ चितवनका प्रसंग
कायस्थ र महिलातर्फ
पनि चितवनकै पार्वती
गुरुङ भएका छन्
। प्रतियोगिताका स्वर्णपदक
विजेताहरुमा पुरुष जुनियरतर्फ चितवनका
मोहम्मद सद्धाम ,चितवनका समित
राउत,मकवानपुरका मनिष
माझी, गोर्खाका अमृत
तामाङ, आयोजक ए’का
रोहित तामाङ र
चितवनका प्रसंग कायस्थ रहेका छन् ।यस्तै
पुरुष सिनियरतर्फ चितवनका
शेखर उप्रेती र चितवनकै
मनोज वि.क.
ले प्रथम स्थान
हासिल गरे ।
महिला जुनियरतर्फ आयोजक
‘ए टिम की
नमुना श्रेष्ठ पर्सा
जिल्लाकी दिब्या तिवारी एवम्
महिला सिनियरतर्फ चितवनकी
सुस्मिता थापा मगर,
बाराकी मनिता भट्टराई र
चितवनकी पार्वती गुरुङ ले
स्वर्ण पदक प्राप्त
गर्न सफल भएका
थिए । साथै
सोही अवसर पारेर
सौराहा डोजाङबाट राष्टिय र
अन्तराष्टियस्तर तेक्वान्दो खेलमा पदक
विजेता मनोज सुनार,
अरुण अधिकारी र
हरि थापालाई सम्मान
समेत गरीएको प्रतियोगिताका
सह–संयोजक गोपाल
श्रेष्ठले जानकारी दिए ।
दुई दिनसम्म चलेको
प्रतियोगितामा चितवनका तीन टिम,
बारा पर्सा, रौतहट,
मकवानपुर, गोरखा रुपन्देही र
नवलपरासीका एक–एक
टिम गरी जम्मा
१ सय ८०
जना खेलाडीले भाग
लिएको सौराहा तेक्वान्दो
डोजाङका सहायक प्रमुख मनोज
सुनारले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment