भोला थापा क्षेत्री
‘साहित्य जीवन र जगतको दर्पण्ँ हो’ भन्ने मूल नारा बोकेको सन्धयाग्रुप कतारको प्रस्तुति मुग्लानी सौगात द्धैमासिक पत्रिकाले निरन्तर मासिक रूपमा सञ्चालन गर्दै आएको वाचन शृंखलाको १९औ“ डबली गत ७ मार्च २०१३ का दिन आफ्नै निजी सभाहलमा सम्पन गरेको छ । संस्थाका अध्यÔ थर्चा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अल्खोर तथा दोहाका विभिन्न स्थानबाट सर्जकहरू वाक्लो उपस्थित रहेको थियो ।कार्यक्रममा सस्थाका महासचिव राजन्द्र खनालले स्वागत मन्तव्य राखेका थिए । भने सस्थाका प्रमुख सल्लाहार विरेन्द्र कुमार याक्थुम्बाले सस्थाको वारेमा केही जानकारी गराएका थिए । कतार डायस्पोरामा बसेर साहित्य सिर्जना गर्ने सर्जक तथा स्रोताको साझा साहित्यिक चौतारी मुग्लानी सौगातले सञ्चालन गरेको वाचन शृंखला प्रत्येक महिनाको पहिलो बिहीबार कतारको राजधानी दोहा देखी करिव ७० किमी टाढा रहेको अलखोर स्थित संस्थाको आफ्नै निजी सभा हलमा आयोजना गर्ने गरेको छ ।
उक्त कार्यक्रममा दोहामा छरिएर रहेका विभिन्न क्षेत्रका कविहरुको जमघट सगै विहिवारको रात साहित्य वाचन तथा भेटघाट मै व्यास्ता हुने गरेको पाईन्छ । वाचन कार्यक्रममा उपस्थित सर्जकहरू देव खड्का (भावना), महेन्द्र प्रसाद पोखे्रल (गजल,वि प्रा भट्राई (कविता), राजन लामा,राजेश्वर ढकाल ,दिलीप अविरल ,विटि क्षेत्रीले गजल प्रस्तुत गरिएको थियो । वि प्रा भट्राई, चर्चित ढुंगेलले कविता बाचन गरिएको थियो । साहित्यकारहरुले आफ्ना आफ्ना रचानाहरु वाचन गरि हललाई साहित्यकमय बनाएका थिए, भने कार्यक्रम संचालक प्रेम सापकोटाले गजल गाएर सबैलाई मनोरञ्जन दिलाएका थिए ।कार्यक्रको अन्त्यमा सस्था सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति थर्चा लामाले मुग्लानी सौगात ले १९ डबली पार गरेकोमा सम्पुर्ण सहयोगी सस्थाहरु तथा साहित्य अनुरागीहरुलाई धन्यावाद प्रकट गरेका थिए । करिब वेलुकी ९ वजे देखी संचाल भएको उक्त वाचन डबली १२ वजे समापन भएको थियो ।
No comments:
Post a Comment