Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 31, 2013

छाङ्छाको एकल वाचनमा झुमे दोहाका सर्जक


भोला थापा क्षेत्री
अलखोर, कतार÷ ‘साहित्य जीवन र जगतको दर्पण हो’भन्ने नारा बोकेको सन्ध्या ग्रुप कतारको साहित्यिक विभाग मुग्लानी सौगात द्वैमासिक पत्रिकाले गर्दै आएको वाचन शृंखलाको २० औ“ डबलीमा कवि तथा नियात्राकार जय छाङ्छाको एकल वाचन तथा बिदाइ कार्यक्रम एक साथ गरेको छ ।
वाचनमा साहित्यकार छाङ्छाले दर्जनौ“ कविता सुनाएर उपस्थित सबैलाई दोहाको कुनाकुना पु¥याएका थिए । यस्तै कतिलाई भने परदेशबाट आफ्नी प्रेमिकालाई झलझली सम्झिरहने बनाएका थिए ।
छाङ्छाले कतारकै वारेमा विभिन्न ठाउ“हरू नेपालीहरूको व्याथालाई समेटेर बनाएका गहकिला कविता सुनाएका थिए । छाङ्छा कवितामै उपस्थित सर्जकलाई कतारको मुन्तजा पार्क लैजान्थे, कहिले दोहाको ट्याक्सी चढाउथे, भने कहिले दोहाको बस स्टापमा बस कुरिरहेको सोमबहादुरको पीडा बताउथे । उनका मीठा कविता सुन्दै उपस्थित सर्जक करिब सवा घन्टा मन्त्रमुग्ध बने । छाङ्छाले बुख्याचा जय छाङ्छा, भाग्य चुहिएर तप तप, रोबर्ट बा“चेको प्रवासमालगायत करिव १६ वटा सिर्जना प्रस्तुत गरेका थिए ।संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्व तथा अनेसास कतार च्याप्टरका निवर्तमान अध्यक्ष कवि दीपक भेटवाल भने कार्यक्रमका प्रमुख अतिथि थिए । विशेष अतिथि गुरु नारायण रानाभाट, तीर्थसंगम राई, युग योगी राई, सुरज तामाङ, वीरेन्द्र कुमार यक्थुम्वा, चा“दनी चौधरी, तेजबहादुर तामाङ थिए । भने अतिथिमा रमेश भट्टराई, कुमार कार्की, चिरञ्जीवी तिमल्सिना थिए ।
संस्थाद्वारा बिदाइ ःः
छाङ्छालाई मुग्लानी सौगात द्वैमासिक पत्रिका तथा कार्यक्रममा उपस्थित थर्चा लामा, दीपक भेटवाल, तीर्थसंगम राई, युग योगी राई, गुरु नारायण रानाभाट, चा“दनी चौधारीलगायतले खादा ओढाएर बिदाइ गरेका थिए भने संस्थापक अध्यक्ष सुरज तामाङ, थर्चा लामा, वीरेन्द्रकुमार याक्थुवा, प्रेम सापकोटाले मायाको चिनो प्रदान गरेका थिए ।
बिदाइपछि प्रेम सापकोटाले गजल गाएर छाङ्छालाई अझ मुग्लानीको सम्झना रहने बनाएका थिए भने गजलकार श्याम रानभाटले दुई सेर गजल यसरी सुनाए ।

बालुवामा मुलपानीहो जय छाङ्छा

साहित्यको सिंगो खानीहो छाङ्छा

सरस्वतीको हात उसको शिरमा छ सायद

कति धेरै भाग्यामानी हो जय छाङ्छा

 बास्तिम–८, भोजपुरमा काजीमान राई र बिजुलादेवीका सुपुत्रका रूपमा २० अप्रिल १९५५ मा जन्मिएका राई हाल कतारस्थित नेपाली राजदूतावासमा द्वितीय सचिवका रूपमा कार्यरतछन् । केही दिनमै कतारबाट आफ्नो कार्यकाल सकेर नेपाल फर्कने योजनामा रहेका साहित्यकार छाङ्छालाई मुग्लानी सौगातले उनको एकल वाचन तथा बिदाई सम्मान समारोह दोहाबाट करिब ७० किमी टाढा रहेको अल्खोर गरेको थियो ।
छाङ्छाका संग्रह कंगारूको देशदेखि आइफेल टावरसम्म–०५२ (१९९५), चा“पफुल्ने पहाड मुन्तिर–०५४ (१९९८), बादल रू“दाको जुरिच–०५९ (२००३), बिब्ल्या“टो आकाशको धरातलतिर–०६४ (२००८) प्रकाशन भइसकेका राईका कविता संग्रहमा पोटोम्याकका किनारमा–०५८ (२००१), छाङ्छाका प्रेम कविताहरू–०६३ (२००५) साथै साहित्येतर कृति– मार्गदर्शक ग्रन्थ, अमेरिका यात्रा अध्ययन र इलम–०६३ (२००५) प्रकाशित छन् ।छाङ्छाले छहरा साहित्यिक पत्रिका (०३४–०३७), ‘छिछाङ्छा (वान्तावा)को वंशावली’ (०५४), ‘अन्तरदृष्टि’ साहित्यिक पत्रिका, अमेरिका २००० देखि २००३ सम्म, २००४ देखि २००९ सम्म भारत–एसियाई साहित्य अर्धवार्षिक साहित्यिक पत्रिकाको अतिथि सम्पादक, साथै भारत ०१२ उदय द्वैमासिक साहित्यिक पत्रिकाको कतार विशेषांकको अतिथि सम्पादकजस्ता नेतृत्व सम्हालिसकेका छन् । दर्जनौं पुरस्कार र सम्मानबाट विभूषित छाङछाले दर्जनौ“ साहित्य र सामाजीक संगसंस्थामा आवद्व रहेर नेपाल र नेपाली साहित्यलाई योगदान पु¥याएका छन् । राष्ट्रसेवककारुपमा उनले यसअघि जर्मनी, अमेरिका, भारत लगायतका देशमा रहेका नेपाली राजदूतावासमा सेवा गरिसकेका छन् ।कार्यक्रम सयोजक दिलिप अविरलले संचालन गरेको कार्यक्रम सस्थाको आफ्नै निजी कार्यत्रलयमा दिनको दिनको २ वजे देखी वेलुकी ५ वजे मात्र समापन भएको थियो ।



No comments: