Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 31, 2013

रिपोर्टर्स क्लब नेपालको १५ वार्षिक उत्सवः


पत्रकारिता क्षेत्रका सक्रिय ब्यक्तित्वलाई सम्मान र पुरस्कृत

काठमाडौ, १७ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको १५ औ वार्षिक उत्सवको अवसरमा शनिवार आयोजित विशेष कार्यक्रममा सञ्चारक्षेत्रका सक्रिय र महत्वपूर्ण योगदान दिने ब्यक्तित्व र सञ्चारकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । 
कार्यक्रममा अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । जसमा नेपाल पत्रकार महासंघको उपाध्यक्ष समेत रहेकी नेपाल साप्ताहिकमा कार्यरत पत्रकार यसोधा तिम्सिनालाई उमा सिंह स्मृति पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघका पूर्व महासचिव एवम रेडियो नेपालका पत्रकार पोषण केसीलाई सहिद जगतप्रकास जंग शाह स्मृत्ति पत्रकारिता पुरस्कार, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यलाई कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार, गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार र प्रेस चौतारीका महासचिव समेत रहेका न्यूज २४ टेलिभिजनका पत्रकार माधव नेपाललाई विरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । 
त्यसैगरी पत्रकारिता क्षेत्रको विकासमा भूमिका खेलेका उत्कृष्ट यूवा पत्रकाहरुलाई पनि उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । 
 नेपाल टेलिभिजनका वालकृष्ण प्रसाद, राष्ट्रिय समाचार समितका सूर्य चन्द्र बस्नेत, अन्नपूर्ण पोष्ट दैनिकका यम विरही, नेपाल समाचार पत्र दैनिकका दिपक रिजाल, कान्तिपुर टेलिभिजनका प्रकास चन्द्र परियार, राजधानी दैनिकका डिल्ली आचार्य, नयाँ पत्रिका दैनिकका भुवन शर्मा, एभिन्यूज टेलिभिजनका टिकाराम यात्री, कारोवार दैनिकका बलराम पाण्डे, नेपाल टेलिभिजनका दिलिप थापा मगर, सगरमाथा टेलिभिजनका प्रमोद सेढाई, सौर्य दैनिकका रामशरण बजगाई र ईमेज टेलिभिजनका सरोज अधिकारी रहेका छन् । 
त्यसैगरी कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिया यूवा पत्रकारहरुलाई क्रियाशिल यूवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । 
जसमा नेपाल टेलिभिजनका उत्तम सिल्वाल, शक्ति एफएम मकबानपुरका गिरिजा अधिकारी, नेपाल वन टेलिभिजनका अनन्त मेहता, एभिन्यूज टेलिभिजनका निरञ्जन थापा,अभियान दैनिकका अशोक दुलाल, तराई टेलिभिजनका राजेन्द्र प्रकाश ढकाल, माउन्टेन टेलिभिजनका सचिन परियार, नयाँ जनदिशा दैनिकका मानध्वज लामा, हिमालय टेलिभिजनका आनन्द अधिकारी र न्यूज २४ टेलिभिजनका दिपक बोहरा रहेका छन् ।  
कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञावलीलाई अभिनन्दन गरिएको थियो । त्यसैगरी सौजन्य मिडियाका श्याम कडेल र हिमालय टेलिभिजनकी कुसुम बज्राचार्यलाई सम्मान गरिएको थियो । 
क्लबका ५४ शाखा मध्ये वर्ष भरीमा उत्कृष्ट काम गर्ने मध्ये दाङ शाखाले सर्वोत्कृष्ट शाखा पुरस्कार– सुनसरी र तनहुँले उत्कृष्ट शाखाको पुरस्कार हात पारेका थिए भने झापा शाखालाई सम्मान पत्र प्रदान गरिएको थियो । 
त्यस्तै क्लबमा लामो समयदेखि योगदान गरका जनसम्पर्क अधिकारी रञ्जित धमला र कार्यालय सहायक विमलकुमार थापालाई कदरपत्रबाट सम्मान गरिएको थियो । 






No comments: