वासिङटन, चैत्र १५, ओसामा बिन लादेन मारिएको २ बर्ष पुगिसकेको छ । तर यस कुरालाइ लिएर फेरी पनि रहस्य गहिरिएको छ कि आखिर संसारको सबैभन्दा खूंखार आतंकवादीका यी नाइके कसको गोलीको शिकार भए । ओसामा मारिएको बारेमा अहिले जुन नयाँ कुरा अगाडी आएको छ कि, त्यस नेभी सिलका एक जवानको दावीको बिल्कुल उल्टो रहेको छ, जसले ओसामामाथि पहिले गोली चलाएका थिए ।
‘एस्क्वायर’ पत्रिकाले गत फेव्रुअरी महिनामा सीलका यी जवानको अन्तर्वार्ता प्रकाशित गरेको थियो । आफुलाइ ‘द शूटर’ बताउने यी ब्यक्तिले बताए अनुसार उनले १ मे २०११ को राती अल कायदाका प्रमुख लाइ दुइ गोली हानेका थिए ।
यी कमाण्डोले बताए अनुसार जब उनी ऐबटाबाद स्थित ओसामा बसेको घरको तेश्रो तल्लाको कोठामा पसे त्यतिबेला ओवामा एक्लै थिए, तर सीएनएनका राष्ट्रीय सुरक्षा मामलाका एक विशेषज्ञ पीटर बर्गेनले यस कुरालाइ अस्विकार गरेका छन् ।
बर्गेनले ६ सदस्यीय सील टीमको अन्तर्वार्ता लिएका थिए । उनले बताए अनुसार त्यतिबेला २३ सदस्यीय सीलको एक टोली ऐबटाबादमा ओसामा बसेको घरमा पुगेको थियो । यिनीहरू मध्ये ३ जना जवान सबैभन्दा अघि त्यस भवनको माथिल्लो तलामा गएका थिए । यिनीहरू मध्ये नै ‘द शूटर’ र ‘द प्वाइन्ट म्यान’ रहेका थिए ।
उनले बताए अनुसार तेश्रो जवान मेट बिसोनेट रहेका थिए, जसले ‘नो इजी डे’ नामको यस घटनाका बारेमा एक पुस्तक लेखेका छन् ।
बिसोनेटले यस पुस्तकलाइ मार्क ओवेनको छद्म नामले लेखेका छन् । बर्गेनले बताए अनुसार सबैभन्दा पहिले ‘द प्वाइन्ट म्यान’ सिँढिबाट चढे र उनले नै ओसामालाइ गोली हानेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment