भीमसेन चौलागाई
मलेसिया मार्च २८। अत्यन्तै राम्रो वातावरण नेपाली हरुको प्रमुख दोस्रो गन्तब्य , अनि आफ्नो सुनौलो भबिस्य को कल्पना गर्दै दैनिकी हजारौ को मात्रामा नेपाली हरु आफ्नो भाग्यलाई दाउमा राखेर मलेसिया भित्रि रहेका हुन्छन । एजेन्टको दलालीमा कामदार हरुको भाग्य निर्धारन हुने हुँदा कती राम्रो कम्पनी मा पर्छन अनि कती नराम्रो कम्पनीमा। साधारणतया ओवर टायम चल्ने कम्पनी हरु जस्ले आकर्सक भत्ता दिन्छन त्यस्ता कम्पनी लाई राम्रो कोटी मा राखिन्छ भने जसमा साधारण ८ घन्टा मात्रै काम चल्छ त्यस्तो कम्पनी लाई नराम्रो कम्पनी को आरोप लाग्ने गर्छ। बिशेष त यही प्रक्रिया बाट पनि कामदारको मनो बिज्ञान मा एउटा असर परिरहेको हुन्छ । साधारणतया काम नचलेका कम्पनी छिटै छुटी हुने हुँदा आफ्ना फुर्सदका समय बिभिन्न देस का केटी को लागी खर्चिने गर्छन भने बाकी रहेका हरु रक्सी खाएर नै आफ्नो बहादुरी प्रस्तुत गर्छन।
गल्ली गल्ली मा खुलिएका नेपाली भट्ती पसल लाई आफ्नो जक्सन बनाउने युबा हरु धेरै मात्रमा भेटिन्छन भने नसा को सुरमा उनिहरु जे सुकै गर्न पनि त्यार हुन्छन । अझ दिनभरी काम गरेर लागेको थकाइ मेटाउने निहुमा घन्टौ सम्म रक्सीमा भुल्ने बानी पेरिसकेका हरु रात पेरिसकेपछी आफ्नै दाजु भाइ माथी अभद्र ब्यबहार गर्ने लुट्पाटको प्रयस गर्ने रुम मा ढिला आएर हो-हल्ला गर्ने गरेका कारणले कती ठाउमा नेपाली नेपाली बिच पनि ठुलाई झगडा हुने गर्दछ । भने यस्ता बिषयमा भएका झगडा को इगो स्वोरुप एक नेपालीले अर्को नेपाली लाई कुटाउन तर्साउन स्थानिय बेक्ती प्रयोग गरिरहेका हुन्छन फलत अहिले जोहोर बारुमा घटिएका घटना यस्ता बिकल्प हुने गरेका छन।
जोहोर बारुमा घटिएको घटनाका कारण पनि केटी अनि रक्सी नै हुन सक्ने मलेसिया मा बस्ने नेपाली हरुको संका छ ( विवरण पुरै आइनसकेको हुनाले यसै भन्ने सक्ने स्थिती भने छैन )मलेसियामा रक्सी सजिलै सग जहाँ पनि पाइने हुनाले नेपाली हरुलाई यसको प्रयोग गर्न पनि धेरै गाह्रो छैन ।अझ राम्रो पैसा कमाउने आसमा आफ्नो कम्पनी छोडेर इलिगल हुने हरु प्रसस्त भएका हुनाले जुनसुकै स्तरका झगडा गरेर अर्को ठाउमा भागने हुनाले झनै झगडा हुने गर्दछ । अझ धेरै बर्ष बसेकाहरु यहाँका स्थानिय मानिस हरु सग को राम्रो मित्रतामा पनि नेपाली लाई दुख दिन पछी पर्दैनन । अझ बिदेसी केटी हरुलाई घुमाउदा आफ्नो भाग्य राम्रो भएको ठान्ने हरु दिन दिनानु दिना केटीका देसका बेक्ती हरु सग पर्ने लफडा बाट पनि मुक्त हुन सकेका छैनन । छिट्पुत हुने घटना लाई छोडेर जोहोर मा भएको घटना जस्को विवरण नआइसकेको हुनाले जनमानसमा यसको असर पर्नु सोभाबिक नै हो।
तिब्र गतीमा नेपाली समाजमा दौडिरहेका सामाजिक सन्जाल हरु आफ्ना पृस्ठ लाई राम्रो अनि आकर्सक देखाउने उदेस्य अनुरुप झुटा मङगढन्ते तस्बिर अनि लेख लाई प्रथामिक्ता मा राख्ने हुनाले जनमानसमा यसको असर पर्न गएको देखिन्छ भने यस्ता समाचार लाई साचो भन्दै आफ्नो अन्लाईन सस्करणमा आधार बिहिन समाचार हरु प्रस्तुत गर्न समाचारका साइट हरु लालाहित नै हुने गर्दछन फलत सामान्य घटनाले पनि ठुलाई रुप लिने गर्छ । अझ घटना भएको ३-४ दिन बितिसक्दा पनि यसको समाचारको खन्डन गरी बास्तबिकता सार्बजनिक गर्न सरकार चुकेको हुनाले जनमानसमा पर्ने भ्रम अनुचित नै छ । यस्ता घटना हरु रोक्न दुताबास ले आफ्नो अग्रनी भूमिका खेलेर मलेसियन सरकारलाई दबाब दिन नसक्ने हो भने भोलिको दिनमा मलेसियामा अझै नेपाली माथी भयाबक स्तिथी देखा पर्ने निश्चित छ । अझै मलेसियाको तलब समबन्धी भएको अस्पस्ट नितीका कारण दिनानु दिन कम्पनीमा हड्तालहरु भैरहेका छन । जस्को प्रतक्षय असर कामदारहरुमा परिरहेको छ । जस अनुसार फौज्दारी मुद्दा। काममा डिमोसन अनि तत्काल नै नेपाल सम्म पठाउने कम्पनी हरुको निती अनुसार मलेसिया नेपाली कामदार हरुको असुरक्षित गन्तब्य बनिरहेको छ ।
No comments:
Post a Comment