६ चैत, काठमाडौं । सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा थ्रीस्टार क्लबले आफ्नो चिरप्रतिद्वन्दी मनाङ मर्स्याङदी क्लबलाई बराबरीमा रोक्दै उपाधि नजिक पुगेको छ । एनआरटीविरुद्धको खेलमा रातो कार्ड पाएका आफ्ना मूख्य डिफेण्डर सन्दिप राईविना मैदान उत्रिएको थ्रीस्टार क्लबले मनाङलाई १-१ गोलको बराबरीमा रोक्दै स्पष्ट पाँच अंकको अग्रतालाई कायम राखेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा खेलको १५ औँ मिनेटमा गोल गर्दै कप्तान सन्तोष साहुखलले थ्रीस्टारलाई अग्रता दिलाए । तर थ्री स्टारको अग्रता ८ मिनेट पनि टिक्न सकेन । खेलको २३ औँ मिनेटमा मनाङका सर्जियो सिकोले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।
लेखपछि पोष्ट म्याच कन्फ्रेन्समा थ्रीस्टारका प्रशिक्षक प्रदीप हुमागाईले मूख्य डिफेन्डर सन्दिप राईको अनुपस्थिति पनि खेलाडीले राम्रो खेल पस्केको वताउनुभयो । उहाँले भन्नुभयो,’ टोलीका मूख्य डिफेन्डर सन्दिपको अभाव खड्कीयो नै । अब आउने खेलमा राम्रो प्रदर्शन गर्नेछौँ ।’ यस्तै मनाङका प्रशिक्षक छिरिङ लोप्सानले थ्रीस्टार राम्रो टोली भएको पनि जित निकाल्न गाह्रो भएको वताउनुभयो । उहाँले भन्नुभयो,’थ्रीस्टार राम्रो टोली हो । आज निकै राम्रो खेल पस्क्यो । तैपनि हामी बराबरी गर्न सफ भयौँ । बराबरीले हामीलाई उपाधि होडमा केही असर चाहीँ गरेको छ ।’ थ्रीस्टारको १९ खेलवाट ३९ अंक भएको छ भने लिग तालिकाको दोस्रो स्थानमा रहेको मनाङको समान खेलवाट ३४ अंक भएको छ ।
प्रशिक्षकवीच जुहारी
पोष्ट म्याच कन्फ्रेन्समा दुर्इ क्लबका प्रशिक्षकवीच जुहारी चलेको छ । आरटीविरुद्धको खेल एक सुन्यले हारेपछि थ्रीस्टारका प्रशिक्षक प्रदीप हुमागाइले फ्रेन्ड्स र मनाङवीच हुने खेल मनाङको पक्षमा पर्ने र खेल मिलेमतो हुन सक्ने भन्ने आशयको अभिव्यक्ति दिएकाले मनाङका प्रशिक्षकले आफ्ना खेलाडीमा मनोवैज्ञानिक असर परेको आरोप लगाउनुभयो । थ्रीस्टारका प्रक्षिक प्रदीप हुमागाईले भने आफ्नो अभिव्यक्तिको बचाउ गर्नु भयो ।
मेरो कुरा मिडियाले बंग्याए : हुमागाईँ
थ्रीस्टार क्लबका प्रशिक्षक प्रदीप हुमागाईँले आफ्नो भनाईलाई मिडियाले अनावश्यक ढंगले बंग्याएर लेखेको दाबी गर्नु भयो । हुमागाईँले आफूले फ्रेन्ड्स र मनाङ मर्स्याङदीवीचको खेल मनाङले सजिलै जित्ने प्रतिक्रियामात्रै आफूले दिएको वताउनुभयो । थ्रीस्टार र मनाङवीचको खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा उहाँले भन्नुभयो,’मैले म्याच फिक्सिङको कुरा गरेको होेइन । मैले खेल सजिलै मनाङले जित्नेछ भन्न खोजेको हुँ । तर मिडियाले मेरो मनाईको आशय नबुझि बंग्याएर लेखेँ ।’ उहाँले आफूले मनाङ फ्रेन्ड्सभन्दा राम्रो टोली भएकाले आफूले मनाङले खेल जित्न सक्छमात्रै भएको स्पष्ट पार्नु भयो

No comments:
Post a Comment