Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 5, 2013

नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्री महोत्सव गर्ने


काठमाडौं २१ फागुन ।  नेपाल मानव धर्म सेवा समितिले आगामी २७ गते महाशिवरात्री महोत्सव गर्ने भएको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासिशवरात्रीको पावन अवसरमा देवाधिदेव भगवान महादेवले दिनुभएको ब्रम्हस्वरुप उज्जवल दे–दिप्यमान शिव तत्वको व्यवहारिक ज्ञानको बोध गराउने उद्देश्यले महाशिवरात्री महोत्वस गर्न लागिएको जानकारी गराईएको थियो ।
मानवता, समाजमा शान्ति, सद्भाव र भाईचाराको विकास गर्ने पवित्र उद्देश्यले महाशिवरात्री महोत्सवको आयोजना गर्न लागिएको हो ।
महात्मा पुनित वाईजीले शान्ति, सद्भाव र अखण्डता कामना गर्दै देशभित्र शान्तिको विजारोपण गर्ने महाशिवरात्री महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी दिईन ।
उनले भनिन्– एउटै इश्वरको सन्तान भएर पनि मानिसमा इष्र्या, वैमनश्यता बढ्दै गएको र सबै मानवमा सद्भाव जागोस् भन्नका लागि महोत्वस गर्न लागिएको हो ।
महोत्सव प्रचार–प्रसार विभाग प्रमुख ठाकुरप्रसाद पोखरेलले नेताहरुले हिन्दूराष्ट्र राखेज गर्दा नेपाली जनताको मत नलिएको हुँदा अब हिन्दूराष्ट्रका लागि जनमत संग्रह हुनुपर्ने बताए ।
वरिष्ठ सल्लाहकार डा. जयप्रकाश अग्रवालले युवा वर्गमा आध्यात्मिक ज्ञान हुनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले हिन्दूधर्म, संस्कृति र संस्कार नेपालको पहिचान भएकाले अहिले विश्वमा रहेका हिन्दूधर्मावलम्बीहरुको ध्यान शिवरात्रीतिर मोडिएकोले पनि नेपालीले यसलाई भब्य बनाउनु पर्ने बताए । उनले आफ्नो धर्म संस्कारलाई संरक्षण गर्न नसके मुलुकको पहिचान कायम रहने बताए । उनले नेपालीको पहिचानसँग जोडिएकोले पनि मिडियाले शिवरात्रीको प्रचार प्रशारमा जोड दिनु पर्ने धारणा राखे ।   


No comments: