१७ चैत, काठमाडौ । नेपाली जारी एसीसी ट्वान्टी-२० क्रिकेटमा आफ्नो दोस्रो जित दर्ता गराउँदै सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ । नेपालले आज भएको खेलमा मलेसियालाई १९ रनले पराजित गर्दै सेमिफाइनल यात्राको सम्भावनालाई थप बलियो बनाएको हो । नेपाल अंकगणीतिय हिसाबले सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । नेपालले सिंगापुरसँग हार बेहोरेपनि नेपालको रनरेट उच्च रहेका कारण नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो छ । यसैपनि सिंगापुर कमजोर टोली हो । उसलाई नेपालले सहजै पराजित गर्न सक्ने विश्वास गरिएको छ ।
आज भएको खेलमा मलेसियाले पाएको १ सय ६४ रनको विजय लक्ष्य भेट्टाउन नसक्दा नेपालले १९ रनको जित हात पारेको हो । मलेसियाका लागी सफिक सरिफले अविजित ५३ रनको पारी खेलेपनि उनले टोलीलाई हारबाट भने जोगाउन सकेनन् । उनले मात्र ३८ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले ५३ रन जोडेका थिए । यस्तै, प्रारम्भिक ब्याट्स्म्यान उल्लाह खानले आक्रामक ब्याटिङ गर्दै मात्र १८ बलमा ३३ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का हानेका थिए । यता मलेसियालाई उक्त रनमा समेट्नका लागी नेपालका पृथु बास्कोटाले निकै राम्रो प्रदर्शन गर्दै २ विकेट र सञ्जम रेग्मले पनि २ विकेट लिएका थिए भने बसन्त रेग्मी, शक्ति गौचन, सञ्जम रेग्मी, चन्द्र साउदले समान विकेट १-१ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङमा उत्रेको नेपालले कप्तान पारस खड्काको विस्फोटक ८७ रनको मद्धतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । कप्तान खड्काले ५४ बलको सामना गर्दै ११ चौका र ३ छक्काको मद्धतले ५७ रन जोडेका थिए । यस्तै, सुवास खकुरेलले २५ रन, बिनोद भण्डारीले २ रन जोडेका थिए ।
No comments:
Post a Comment