Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

एसीसी ट्वान्टी-२० मा आज नेपाल मलेसियासँग खेल्दै


काठमाडौं, चैत १७ (नागरिक)- नेपालले एसिसी ट्वान्टी-२० कपको निर्णायक मानिएको खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। विजेताले सेमिफाइनलमा प्रवेश पाउने बलियो सम्भावना हुनाले त्रिवि क्रिकेट मैदानमा हुने खेल 'क्वार्टरफाइनल' नै बनेको छ। समूह 'ए' बाट पहिलो तीन खेल जिती हङकङ सेमिफाइनल पुगिसेकेको छ।हङकङसँग समान ६ विकेटको हार बेहोरेको नेपालले माल्दिभ्सलाई ७६ रनले र मलेसियाले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले आइतबार सिंगापुरसँग र मलेसियाले माल्दिभ्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ। 
हङकङसँगको खेललाई एउटा खराब दिन मान्ने नेपालका प्रशिक्षक पुबुदु दासानायके मलेसियासँगको खेललाई लिएर चिन्तित छैनन्। 'हामी भोली सशक्त पुनरागमन गर्नेमा विश्वस्त छु। हामीले हङकङसँग औषत प्रदर्शन पनि गर्न सकेनौं, हामी धेरै राम्रो टोली हो,' उनले भने।
हङकङसँग फितलो प्रदर्शनपछि नेपालले टोलीमा केही परिवर्तन गर्ने संकेत गरेको छ। चन्द्र साउद र पृथु बाँस्कोटाले पहिलो पटक टोलीमा खेल्न पाउने सम्भावना छ। तीब्र बलर चन्द्रलाई अमृत भट्टराईको स्थानमा खेलाउन लागिएको छ। हङकङसँगको खेलको अमृतको दोस्रो ओभरमा इरफान अहमद एक्लैले २१ रन बनाएका थिए।
पृथुलाई मञ्जित श्रेष्ठ अथ्वा सञ्जम रेग्मीको स्थानमा खेलाइने सम्भावना छ। नेपालको अर्को चिन्ता मलेसियाका कप्तान सुहान कुमारलाई लिएर छ। अस्ट्रेलियामा लिग क्रिकेट खेलिरहेका प्रतियोगिता खेल्न सुहान सोझै नेपाल आएका हुन् र उनले सिंगापुरसँगको खेलमा ३७ बलमै अविजित ७० रन बनाएपछि मलेसियाले सिंगापुरले छाडेको १ सय ७२ रनको लक्ष्य २ ओभर अगाडी नै पुरा गरेको थियो।

No comments: