Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा


Jimmy-Carter१६ चैत, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर नेपाल आउनु भएको छ ।
आसन्न संविधानसभा निर्वाचनका लागि प्रत्साहित गर्न र दिर्घकालीन शान्ति अनुगमन गर्न कार्टर शुक्रबार दिउँसो काठमाडौं आइपुग्नु भएको हो । अघिल्लो संविधानसभा निर्वाचनको अनुगमन गरेको कार्टर सेन्टरले शान्ति प्रक्रियाको पनि अनुगमन गर्दै आएको छ ।
उहाँले आजै राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्ने कार्यक्रम छ । ३ दिने नेपाल बसाईका क्रममा कार्टरले अन्तरिम चुनावी मन्त्रिपरिषद्, प्रमुख दलका शीर्ष नेता, नागरिक समाजका अगुवा लगायतलाई भेट्ने कार्यक्रम छ ।
नेपाल भ्रमणको अन्तिम दिन सोमबार पत्रकार सम्मेलन गरेर कार्टरले आफ्नो धारणा सार्वजनिक गर्नु हुने कार्टर सेन्टरले जनाएको छ ।
नेपाल भ्रमणपछि अमेरिकी पूर्व राष्ट्रपति कार्टर म्यानमार जाने कार्यक्रम रहेको कार्टर सेन्टरले जनाएको छ ।

No comments: