Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, March 28, 2013

पहाडी भेगमा होली मनाइयो, राजधानीमा ९ सय गाडी ट्राफिक नियन्त्रणमा


चैत्र १३, काठमाडौं - वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने परम्परागत फागु पर्व मंगलबार विभिन्न रङ र लोला खेली मनाइएको छ । सडक, गल्ली, चोक र घर-घरमा आफन्त र साथीभाइसाग रङ छ्यापेर तथा अविर दलेर होली मनाउनेहरु प्रशस्त देखिए ।   आपसी सहमति र एक अर्काको राजिखुशीमा फागुन खेलिने भए पनि पछिल्लो समय विकृति बढ्दै गएको छ । होलीको दिन ट्राफिक नियम उलंघनका प्रशस्तै घटना भएका छन् । यद्यपि, प्रहरीको सक्रियताका कारण अप्रिय घटनाको भने खबर छैन् ।   
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नौ सय सवारी चालकले चलाएका सवारी ट्राफिकले नियन्त्रणमा लिएको छ । 
लापरबाही तरिकाले सवारी साधन चलाउने, सवारी साधनको स्वरुप परिर्बतन गर्ने, तीब्र गतिमा चलाउने, क्षमताभन्दा बढी यात्री राख्ने र बिभिन्न नशालु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुको नौ सय सवारी साधनलाई नियन्त्रणमा लिएको हो । 
 उपत्यकाको तीन जिल्लामा होलीमा दर्घटनारहित बनाउन एक हजार भन्दा बढी ट्राफिक परिचालित भएको महाशाखाले जनाएको छ । 
पहाडी भेगमा होलीमा विशेष गरी प्लास्टिकमा वा बेलुन तथा पिच्करीमा पानी भरेर एक अर्कालाई छ्यापी होली मनाउने गरिन्छ । 
तराईतिर भने पूणिर्माको भोलिपल्टमात्र होली खेल्ने चलन छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले र्सार्वजनिक बिदा दिंदै आएको छ । 
काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा सुरु हुने होली पर्व चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा ल्याएर जलाएपछि सकिन्छ ।तीन छत्रे चीर तानेर टुँडिखेलमा पुर्‍याई बुधबार बिहान ५.२३ को साइतमा दाह गरिनेछ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ ।फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर बागमतीमा लगेर सेलाउने गरिन्छ । होलीकै दिन राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ ।त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ ।
भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै स-परिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन ।

No comments: