सउल ।गैरआवासीय नेपालीहरुद्वारा प्रबर्द्धित नेपालको क बर्गको बैंक सानिमा बैंकले दक्षिण कोरियाबाट रेमिट्यान्स कारोबार सुरु गरेको छ ।
कोरियाको प्रसिद्ध हाना बैंकसँगको साझेदारीमा सानिमाले रेमिट्यान्स कारोबार थालेको हो । दक्षिण कोरियामा बजार प्रबर्द्धनको जिम्मा भने यहीँ ब्यबसाय गरिरहेका नेपालीहरुद्वारा संचालित इसारा रेमिटले गर्ने छ ।
आइतबार राजधानी सोलस्थित फस्ट नेपाल रेष्टुरेण्टमा आयोजित उधघाटन कार्यक्रममा इसारा रेमिटका निर्देशक रुद्र शर्माले सेवा शुभारम्भ भएको जानकारी दिनुभयो । हाल दक्षिण कोरियाबाट धेरैजसो नेपालीले आर्जन गरेको रेमिट्यान्स अबैधानिक माध्यमबाट नेपाल पुग्ने गरेको बताउँदै शर्माले इसारा रेमिटको सहकार्यमा सानिमा बैंकले सुरु गरेको सेवाबाट सस्तो सरल र बिश्वसनीय सेवा उपलब्ध हुने बताउनुभयो ।
इसारा रेमिटका कोरिया प्रमुख तथा प्रबन्ध निर्देशक प्रबिण पौडेलले ‘तपाईहरु जहाँ हाम्रो अफिस त्यहाँ” को अवधारण अनुसार घुम्ती सेवा उपलब्ध गराउने बताउँदै अवैधानिक बाटोबाट जोखिम मोल्दै रकम नेपाल पाठाउनु भन्दा वैधानिक तवरले ढुक्क भएर यस रेमिटबाट कारोबार सुरु गर्न अनुरोध गर्नु भयो ।
इसारा रेमिटबाट पैसा पठाउनका लागि कोरियास्थित हाना बैँकमा खाता खोल्नु पर्ने हुन्छ । खाता निःशुल्क खोल्न पाइन्छ । कोरियाको जुनसुकै ठाउँमा भए पनि दस जानाको सङ्ख्या रहेको नेपाली भएमा हाना बैँक र इसारा रेमिटका कर्मचारी गएर खाता खोलिदिने पौडेलले जानकारी दिनुभयो ।
उक्त बैँकमा खाता सञ्चालन गरेपछि नेपालको जुनसुकै बैकमा पनि रकम पठाउन सकिने हाना बैकका ब्यपार सखा प्रमुख योङ्ग हो मीनले बताउनु भयो ।
कोरियामा रहेको हाना बैकमा खाता सञ्चालन गरी कारोबार सुरु गरेमा “हाना एस के कार्ड” बनाईने र यसबाट एस के फोनमा प्रति महिना ३० मिनेट निःशुल्क रिचार्ज गरिदिने सुबिधासमेत प्राप्त हुने छ । यो कार्डबाट कोरियाका प्रसिद्ध मार्टहरु होम पल्स, लोट्टे मार्ट र ईमार्टमा सामान र जुनसुकै औषधि पसलबाट औषधि खरिदमा पाँच प्रतिशत छुटको व्यवस्था रहेको छ ।
No comments:
Post a Comment