खेमराज खनाल– दुबई
२५ मार्च २०१३ नेपाली कल्याणकारी समिति, यूएईले आफ्नो सँस्थाको तेस्रो कार्यकालका लागि आगामी १९ अप्रिल २०१३ का दिन अधिवेशन गर्ने भएकोछ ।
सँस्थाका महासचिव सबिन्द्र फुयालले दिएको जानकारी अनुसार समितिको १९ औ बैठकको सर्बसहमत निर्णय अनुसार आगामी १९ अप्रिल २०१३ मा सँस्थाको तस्रो अधिवेशनहुने भएकोछ उक्त अधिवेशनबाट नया कार्य समिति चयनगरी आगामी तेस्रो कार्यकालकालागि बिस्तारहुने भएको छ ।
बिगत १४ अप्रिल २००९ मा शंकर ज्ञवालीको अध्यक्षतामा स्थापना भएको सँस्थाले आफ्नो दुई कार्यकाल पुरागरी तेस्रो कार्यकालमा प्रवेशगर्न लागेकोछ, यस अवधिभर सँस्थाले थुप्रै सामाजिक कार्यहरु गरिसकेको र बिभिन्न किसिमका उद्धार तथा सहयोगका कामगर्दै कला सँस्कृतिको जर्गेना, खेलकुद तथा मनोरञ्जनात्मक कार्यहरुगर्दै समाजसेवी, कलाकार, साहित्यकार तथा पत्रकार एवं खेलाडीहरुलाई कदर तथा प्रशँसागर्ने कार्यहरु सँस्थाले गर्दै आएकोछ ।
यस सँस्थामा आवद्धहुन ईच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सँस्थाको आवेदन फारमभरी तोकिएको शुल्क बुझाई सदस्यता लिन सकिनेछ, आवेदन दिनका लागि सँस्थाका महासचिव रबिन्द्र फुयाल ०५०, २८३२४९५ तथा उपाध्यक्ष बविता थापा मगर ०५५,३८४६१३३ लाई सम्पर्कगरी सदयस्ता लिन अनुरोध गरेकोछ । थप जानकारीकालागि सँस्थाको ईमेल nepalesewelfaresociety@yahoo.com मा ईमेलगर्न तथा ०५०,२८३२४९५ र ०५०,२०१३०३५ मा सम्पर्कगर्न सकिने
No comments:
Post a Comment