रबिन्द्र फुयाल — दुबई
२३ मार्च २०१३ सँयुतm अरव ईमिरेट्समा रहेका गुल्मेलीहरुको साझा सँस्था गुल्मी सेवा समाज, यूएईले आगामी ५ अप्रिल २०१३ मा सँस्थाको साधारण भेलागरी कार्यसमितीका केही पदहरुमा हेरफेर तथा सदस्य पदपुर्ति गर्ने भएकोछ ।
समाजका अध्यक्ष शंकर ज्ञवालीले दिएको जानकारी अनुसार सँस्थाको ११ आंै बैठकले गरेको निर्णय बमोजिम आगामी ५ अप्रिल २०१३ का दिन सँस्थाले आफ्नो कार्यकारीणी समितीका केही पदहरुमा हेरफेर तथा रिक्त रहेका सदस्य पदमा पद पुर्ति गर्ने कार्यक्रम रहेको जानकारी श्री ज्ञवालीले गराउनुभयो ।
उक्त कार्यक्रम यूएईको बर–दुबई स्थित मेट्रोपार्कमा अपरान्ह ३ बजे देखि हुने भएकोले यूएईको सबै क्षेत्रमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबैनिहरुलाई उपस्थित भै दिन र समाजमा आवद्ध भै सँस्थाको सदस्यता लिन समाजले आग्रह गरेकोछ ।
No comments:
Post a Comment