मिति स् मार्च २६,२०१३
आदरणीय बाल्टिमोरवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु
यही मार्च २४ तारिख आइतवार बाल्टिमोरमा यहाँको नेपाली समुदायको प्रतिनिधिमूलक संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका ९बाना० को नौटंकी निर्वाचनको प्रक्रियामा प्रत्यक्ष रुपमा अधिकाँश बाल्टिमोरवासी नेपालीहरु सहभागी नभएको तथ्यले हामीहरुले उठान गरेको विषय नैतिकरुपमा अनुमोदन भएको स्पष्ट भएको छ ।
हाम्रो प्रयास थियो समाज एकढीक्का भएर सबै एकै संस्थामा आवद्ध भई नेपाली समुदायको हितमा क्रियाशील हुने वातावरण बानाको नेतृत्वले बनाओस् । त्यसका लागि हामीले आफ्नो तर्फबाट प्रष्ट अडान राखेकै थियौं । यसका साथै मेलमिलाप र सहमतिका लागि पनि हरसम्भव लचकता प्रदर्शन गरिएकै थियो । हामी त्याग गर्न तयार हुँदासमेत बाना हाम्रो मात्रै हो भन्ने नियत राख्ने सिमित स्वार्थी र नेपाली भावनाको समेत सम्मान नगर्ने व्यक्तिहरुको अल्पबुद्धि र बेइमानीका कारण सहमति र मेलमिलाप हुन सकेन ।
हामीले सदस्यता दर्ता र नवीकरण प्रक्रियादेखि राख्दै आएको अडान आज निर्वाचनको नौटंकी सकिदासम्म पनि कायमै छ । हामीले राखेको त्यो अडान आज बाल्टिमोरवासी आम नेपाली समुदायका अधिकांश सदस्यहरुको साझा भावना बनेको पनि प्रष्ट भएको छ । सदस्यता सम्बन्धी प्रक्रियादेखि शुरु भएको निवर्तमान नेतृत्वको रबैयाप्रति असहमति जाहेर गर्दै निर्वाचन समितिका दुई सदस्य किरण कोइराला र डाक्टर रबि पौडेलले निर्वाचनको नौटंकी अगावै दिएको राजीनामा पनि यसको थप प्रमाण हो । उहाँहरुको राजीनामाका बारे सार्वजनिक जानकारी नदिइनु पनि षडयन्त्रको एउटा कडी हो ।
निष्पक्ष र पारदर्शी निर्वाचन हुनुपर्छ,त्यसका लागि सबै उम्मेदवार समान हैसियतमा चुनावी मैदानमा रहनुपर्छ भन्ने हाम्रो माग हो । त्यही माग नेतृत्वले पुरा गर्न नचाहेका कारण आज बाल्टिमोरस्थित नेपाली समुदायका स्थानीय संघ,संस्था र बानाका अधिकाँश सदस्यहरु निर्वाचन प्रक्रियाबाट वञ्चित भए । जालझेल र षडयन्त्रबाट आफ्नो मात्रै नेतृत्व कायम राखिराख्न चाहने नियतका कारण आज यो स्थिति सिर्जना भएको विदितै छ । जसको प्रमाण भनेको दुई वर्ष अघि सन् २०११ मा रबिना थापा अध्यक्ष रहेको कार्यकालमा एक हजार चारसय भन्दा बढी सदस्यहरु भएको संस्थामा आज जम्मा चारसय सदस्य मात्र देखाइनु पनि हो । सन् २०११ मा पाँच सय तीन मत ल्याएर विजयी भएका तत्कालीन अध्यक्ष विजय श्रेष्ठ आफैंले यसवर्ष आफ्नै निवासमा मध्यरातमा १९५ जना सदस्य थपेर आफ्नै नेतृत्वमा गरेको निर्वाचनमा पनि केवल २३५ मत ल्याएर उनी एक जना आफू मात्रै चुनावी मैदानमा रहेको र विजयी भएको नौटंकी पनि अर्को उदाहरण हो । बाल्टिमोरमा हरेक वर्ष नेपालीहरुको संख्या थपिदैं र बढ्दै गएको तथ्यको तुलनामा विजय श्रेष्ठ आफैंले आज नेपाली समुदायको प्रतिनिधिमूलक संस्था बानालाई कति सक्रिय बनाएछन् र सदस्य विस्तार गरेछन् भन्ने पनि यी तथ्यहरुबाट प्रष्ट भएको छ । स्मरणीय छ, उम्मेदवार मनोनयन गर्ने निर्धारित समयसम्म संस्थाका आजीवन सदस्यसहित सदस्यहरुको कूल संख्या २०५ मात्र थियो ।
यसअघि बानाका हरेक कार्यक्रममा सहभागी हुँदै आएको नेपाली राजदूतावास र संस्थाका संस्थापक समेत रहेका वाणिज्यदूत प्रेमराजा महतको समेत उपस्थिति नहुनुले बानाको गरिमा र हैसियत यो हदसम्म ल्याउने कार्य जो जसबाट हुन गयो,त्यसका प्रति हामीलाई लज्जावोध भएको छ ।
आज हामीले राखेको अडानलाई आफूहरुको साझा मुद्दा बनाएर हामीलाई नैतिक समर्थन गर्नुहुने र ऐक्यवद्धता जनाउँदै निर्वाचनको नौटंकीमा सहभागी नहुने संस्थाका संस्थापक अध्यक्ष मोहन थापा,निवर्तमान नेतृत्वमा सल्लाहकार समेत रहनुभएका संस्थाका पूर्व अध्यक्षद्धय कृष घिमिरे र रबिना थापा, एवं संस्थाका अन्य संस्थापक तथा स्थानीय बुद्धिजीविहरु डाक्टर श्याम कार्की,डाक्टर भीमप्रकाश कट्टेलसहित बहुमत आजीवन सदस्यहरु र स्थानीय अधिकाँश संघ,संस्था सहभागी नहुनुले पनि बाना अब कता जाँदैछ भन्नेमा हामी चिन्तित छौं । समाजका यी सबै पक्षको सहभागिता नहुनु भनेको अहिलेको कथित चुनाव र त्यसबाट प्राप्त परिणामले सामाजिक एवं नैतिक मान्यता प्राप्त गर्न नसक्नु नै हो ।
गलत कृयाकलापका विरुद्धको हाम्रो प्रयत्नमा नैतिक एवं सबै तहबाट सहयोग गर्ने शुभेच्छुक,सहयोगी र सम्बन्धित सबैमा हामी हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछौं । बानालाई सबै नेपालीहरुको साझा संस्था बनाउने आम बाल्टिमोरवासी नेपालीहरुको भावना र यहाँको नेपाली समुदायको बृहत्तर हितका लागि सदा सर्वदा क्रियाशील रहिरहने र समाजमा मेलमिलाप र एकता नचाहने व्यक्ति र प्रवृत्तिका विरुद्ध सक्रिय भईरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।
भवदीय
गौतम दाहाल
अध्यक्षका प्रत्यासी
No comments:
Post a Comment