Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, March 28, 2013

कामू प्रधानन्यायाधिशका नाममा दलाली


काठमाडौं । सत्ता र स्वार्थ लोलुपताले गर्दा दलहरुले संक्रमणकालिन राजनीतिलाई सहज ढंगबाट निकाश दिन नसकेर÷नचाहेर प्रधानन्यायाधिशलाई सरकार हाँक्ने जिम्मा दिएपछि न्यायालयमाथि सरकारको छाँया पर्ने हल्ला चलिरहँदा कामू प्रधानन्यायाधिश दामोदर शर्माले न्यायालयमा सिंहदरवारको दृष्टि पर्न नदिने हुँकार त व्यक्त गरेका छन् तर, उनकै विश्वासपात्र मानिएका एक व्यक्तिको दलालीले भने चर्चा पाउन थालेको छ ।
न्यायालयभित्र स्वच्छ र आरोपरहितका रुपमा चिनिने कामू प्रधानन्यायाधिश दामोदर शर्माको नाम भजाउँदै नारायण दाहाल नामका दलालले ‘जस्तासुकै मुद्दा हेरिदिने’ भन्दै ढुक्कैसँग दलाली गर्न थालेका छन् । दिनहुँ उनको दलाली दरवारमार्गस्थित अन्नपूर्ण कफीसपमा हुने गरेको छ ।
वर्षाैदेखि कामू प्रधानन्यायाधिश शर्मालाई तिर्थब्रतको प्रलोभनमा पारेर सम्वन्धलाई निकट बनाउन सकेका दलाल दाहालले विगतदेखि नै उनको नाम भजाउँदै आएका थिए । राजधानीको गोठाटार घर भएर गौशला बस्दै आएका नारायण दाहाल अवस्था अनुसार छेपारोले जस्तै रङ्ग फेरेर कुरा गर्न माहिर मानिन्छन् । खासगरी प्रहरीका उच्च अधिकारी उनका ‘क्लाइन्ट’ हुन् । प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले समेत आफ्नो सक्रियतामा सर्वाेच्च अदालतबाट सफाई पाएको भन्दै ‘सहमती भएअनुसार आर्थिक सहयोग नगरेको’ दलाल दाहालले स्वयम् प्रहरीकै उच्च अधिकारी समक्ष बरबराउँदै हिँड्ने गरेका छन् । यसअघि तत्कालिन आईजीपी अच्यूतकृष्ण खरेललाई समेत सर्वाेच्च अदालतबाट न्याय दिलाएको, डा. तिलक रावललाई गभर्नरमा सर्वाेच्चबाटै पूनर्वहाली गराएको जस्ता दाबी बजारमा गर्दै हिँड्थे । पछिल्लो पटक अघोषितरुपमा मानवतस्करीमा लागेका दाहाल सरकारले श्रम इजाजत नदिएका मुलुकमा अवैद्य सेटीङ मार्फत् मान्छे उडाउने धन्दामा लागेका छन् । यसका लागि उनले यदाकदा प्रहरी महानिरीक्षक र महानगरीय प्रहरी आयुक्त एआईजी नवराज ढकाललाई समेत प्रयोग गरेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो । ‘आईजी÷एआईजीकै फोन आउँछ, कसरी मान्छे रोक्ने ?’ विमानस्थल सुरक्षा स्रोतले भन्यो, ‘कसैसँग श्रम स्वीकृती हुँदैन भने कसैले अर्कैको श्रमस्वीकृतीको फोटोकपी देखाएर उड्न खोज्छन् ।’ दाहालले बत्तिसपुतलीस्थित रिभर ओभरसिजसँग साँठगाँठ मिलाएका छन् ।
पन्ध्र वर्षअघि पुनरावेदन अदालत, हेटौंडामा कसैको दयामायाले अस्थायी बहिदारको जागिरमा छिरेका दाहाल पछिल्लो दिनमा नामुद दलालका रुपमा चिनिएको मात्रै नभएर बिलासिताका बस्तु प्रयोग गर्ने घरानियाभन्दा कम देखिन्नन् । कहिले कोइराला परिवारसँग नजिक त कहिले प्रचण्डसँग पनि पहुँच पु¥याइसकेका नारायण दाहाल सम्पत्ति शुद्धिकरण आयोगको समेत दायरामा तानिएका छन्, उनलाई कामू प्रधानन्यायाधिश दामोदर शर्माले कहिलेसम्म काँध थाम्लान् ? चासोको विषय बनेको छ ।

No comments: