Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, March 27, 2013

उनको सम्झनामा





पल पल हेर्छु,  ओर्काई फर्काई मायाँलुको तस्बिरलाई, अनि चुम्छु !
हर पल हुन्छु, मायाँलु संग कल्पना मै घुम्छु, अनि झुम्छु !!
 सागर सरि, त्यो मिठो चोखो मायाँको शाहारामा बाँच्न पाए हुन्छ !
स्वर्गकी परि, उर्वशी तिम्रो काखमा लुटु पुटु भएर हाँस्न पाए हुन्छ !!
 
सुनाखरी चम्पा चमेली, फुलको झै तिम्रो त्यो वास्ना कसरी म भुलूं !
कत्ती टाढिन सक्दिन, पल पल हुन्छ तिमी संगै बोलु, मनको कुरा खोलुं !!!
 
आई लव यू कोई कोई  


  • हाम्रो माया हुने छैन दुनिया फसाउने र हसाउने

जीवन जिउन सिकायो मायाले, हास्नु हसाउनु, रुनु रुवाउनु सिकायो मायाले!
चोखो प्रिती गास्न सिकायो मायाले, माया बुझाउन निभाउन सिकायो मायाले !!

जुनीजुनी सयौ जुनी, संगै जिउने संगै मर्ने भन्छिन, मेरी प्यारी उनीले !
उनले पाउने माया, मलाई दिने माया अजम्बरी भन्छिन, मेरी प्यारी उनीले !!

कस्तो माया बस्यो बस्यो, तिमिसँग पल भर छुट्दा मुटु पोल्ने आँखा रसाउने !
हाम्रो माया सान हुने छ, मान हुने छ, हुने छैन दुनियालाई फसाउने र हसाउने !!!

डि.बि लोप्चन तामांग 
सौराहा चितवन 
हाल फर्वानिया कुवैत 

No comments: