नरोइ बस आमा यो जगे हेरेर
लान लागे मलाई आमा जन्तीले घेरेर !!
अगेनीको डिलमा बसी तेल तताएर
लगाई दिन्थ्यौ मेरी आमा काखमा बसाएर !!
पढन गुन्न दिने होईन छोरीलाई भनेर
१० बर्षमा सिन्दुर हाल्छन बाबाले छानेर
!!
कर्म धर्म गर्नु भयो गाई दान दिनु भयो
पराईको साथमा लगाई अनमाई दिनु भयो
!!
सानो हुन्जेल आमा हातमा भात चटायौ
ठुली पारी आमा नौ डाडा कटायौ !!
चुला चौका गर्नु पर्छ पराईको घरमा
कसले होला बुझिदिने छोरीको यो मर्म !!
प्रसाद तिम्सीना
झापाली
हाल:-मंगाफ,कुबेत
फोन न. :-५५७१३८१४
No comments:
Post a Comment