दोहा– कतार टेलिकम (क्युटेल) ले ब्राण्ड नाम परिवर्तन गर्दै ‘ओरिडु’ भएको छ । अव मार्च महिनाको मध्यतिरबाट क्युटेल नयाँ ब्राण्ड नामका साथ देखिने भएको छ । गत २५ फरवरीमा स्पेनको वार्सिलोनामा आयोजित ‘जिएसएमए मोवाइल वल्र्ड कांग्रेस’मा गरिएको ऐतिहासिक घोषणा अनुसार मध्यमार्चबाट क्युटेल ओरिडु हुने सार्वजनिक वक्तब्य जारी गरिएको छ ।
ओरिडु ग्रुपका प्रमुख कार्यकारी डा. नासेर माराफिहले जनाए अनुसार ११ मार्चमा कतारमा क्युटेलले आफ्नो नयाँ ब्राण्ड परिचय सार्वजनिक गर्ने अरबी सञ्चारमाध्यमले जनाएका छन् । माराफिहले ‘नयाँ ब्राण्ड नाम लोगो र नाराभन्दा पनि बढि’ रहेको उल्लेख गर्दै ठुलै परिवर्तनको संकेत पनि गरेका छन् । ओरिडु नाम निकै सहज र सरल भएकोले यसलाई अरवीमा अनुवाद नगरिकनै यथावत राखिने माराफिहलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । अरवी शब्द ओरिडुको अर्थ अंग्रेजीमा ‘आइ वान्ट’ (नेपालीमा ‘म चाहन्छु’) हुन्छ ।
ब्यापार तथा ब्यवसाय मन्त्री महामहिम शेख जास्सिम बिन अब्दुलाजिज अल थानीले ब्राण्डको नाममा गरिएको परिवर्तनले सो कम्पनीको तेज अग्रगामी यात्राको संकेत गर्ने अभिब्यक्ति दिएका छन् । सो समुहलाई नयाँ नामले पुर्णरुपमा एककिृत गर्ने अध्यक्ष महामहिम शेख अब्दुल्लाह बिन मोहम्मद बिन साउद अल थानीले बताएका छन् ।
मुख्य संस्थाको नामै परिवर्तन गर्नेगरि चालिएको यो कदमलाई कतिपयले कतारको दुरसञ्चार क्षेत्रमा भएको यो निकै ठुलो र ऐतिहासिक क्षण मानेका छन् । क्युटेल कतारका प्रमुख कार्यकारी शेख साउद बिन नासेर अल थानीले सो परिवर्तनले गु्रपको अनुभव र उपलब्धिहरूको अझै सुखद बनाउने विश्वास राखेका छन् । यो ग्रुपले वार्सिलोना क्लवका विश्वलोकप्रिय फुटवल स्टार लियोनेल मेस्सी र कतारका राष्ट्रिय खेलनायक नासेर अल अत्तियालाई नयाँ ब्राण्ड एम्ब्यासडर पनि नियुक्त गरेको छ ।
No comments:
Post a Comment