Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 5, 2013

नेपाल पत्रकार महासंघ यूएई शाखा को प्रेश विज्ञाप्ति


विज्ञप्ति 1
नेपाल पत्रकार महासंघ यूएई शाखाले नेपाली पत्रकारहरूको लेखन शैली बृद्धि गर्न निम्न मिति, समय र स्थानमा एन दिने सःशुल्क पत्रकारिता तालिमको आयोजना गर्न गइरेको जानकारी गराउ“दछौ । तालिममा समचार के हो, समचार संकलन कसरी गर्ने तथा समाचार कसरी लेख्ने   बिषय समावेश रहेकाछन् ।पत्रकारिता गर्न इच्छुक व्यक्तित्व, पत्रकार, संघसस्थाका सचिव तथा महासचिवलगाएतका व्यक्तिहरु यस तालिममा सहभागि हुन सक्नुहुने छ । तसर्थ यस तालिममा सहभागी भई लाभान्बित हुन हार्दिक अनुरोध गर्दछौ ।
तालिमको कार्यक्रम 
कार्यक्रम : समचार के हो ? समाचार संकलन कसरी गर्ने ? समाचार कसरी लेख्ने ?
मिति : १५ मार्च २०१३, शुक्रबार
समय : दिनको ४ बजेबाट ७ बजेसम्म
स्थान : शिन्ध पञ्जाव रेष्टुरेन्ट, बरदुबई
दर्ता शुल्क : यूएई दिरहम ५० । (पचास मात्र)
विज्ञप्ति 2
यूएईमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुलाई नेपाल पत्रकार महसंघको सदस्यता लिई शाखामा आवद्धहुनका लागि हार्दिक अनुरोध गरिन्छ । साथै शाखाका सदस्यहरुलाई मार्च १४ सम्ममा शाखाका पदाधिकारीलाई सम्पर्क गरी आफ्नो सदस्यता नविकरण गर्नहुन पनि यो विज्ञप्ति मार्फत गराइन्छ ।
नया“ सदस्यताको लागि आवश्यक कागजात :
१) सदस्यता फारम 
२) फोटो पासपोर्ट साइजको १ (इमेलमा पठाउन पनि सकिन्छ)
३) आबद्ध भएको संस्थामा नियुक्त गरिएको पत्र
४) सक्रियता तथा निरन्तरताको प्रमाण (कम्तीमा १ वर्ष)
५) शैक्षिक योग्यताको प्रतिलिपि (एसलसी (न्यूनतम))
६) नेपाली राहदानीको प्रतिलिपि
७) यूएईको भिषा वा इमिरेटस् आइडीकार्डको प्रतिलिपी
८) सदस्यता शुल्क ः यूएई दिरहम २५० (सदस्यता प्रमाणित नभएमा शुल्क फिर्ता गरिने छ)

सदस्यताकालागि सम्पर्क गर्ने ः

नामः    सम्पर्क नं
भुपराज बस्याल     050-2963967
निमेष गिरी    055-6107919
एकेन्दबहादुर थापा    050-2615182
इमेल :  fnjuae@gmail.com

नोट : सदस्यता फारम नेपाल पत्रकार महासंघ यूएई शाखाको वेवसाईट www.fnjuae.com बाट डाउनलोड गर्न सकिने छ, इमेल ठेगानाfnjuae@gmail.com मा सम्पर्क गरेर वा माथी उल्लेखित व्यक्तिहरुको मोबाईलमा सम्पर्क गरेर प्राप्त गर्न सकिने छ ।

No comments: