Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 9, 2013

मैत्रीपूर्ण फुटबल खेलमा खेलकुद पत्रकार मञ्च विजयी


पोखरा, २४ फागुन। गण्डकी मेडिकल कलेज अफ रिसर्च सेन्टरको आयोजनामा बिहीबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की विजयी भएको छ।
कलेजका विद्यार्थीसँग रिठेपानीस्थित कलेजको खेलमैदानमा भएको सो खेलमा खेलकुद पत्रकार मञ्च कास्की ४–३ ले विजयी भएको हो। सुरज श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिएको मञ्चको जीतमा अनुप कार्कीले दुई तथा विनोद लामिछाने र प्रकाश थापाले एक–एक गोल गरेका थिए। यस्तै गण्डकी मेडिकल कलेजको तर्फबाट आशिष अधिकारीले दुई तथा ज्ञानेन्द्र गौतमले एक गोलको योगदान दिएका थिए। 
पहिलो हाफमा लगातार तीन गोल खाएको मञ्चले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार चार गोल फर्काएको थियो। मञ्चको तर्फबाट पहिलो हाफमा प्रेमनारायण न्यौपानेले सम्हालेको गोलपोस्ट दोस्रो हाफमा लोकेन्द्र ढकालले सम्हालेका थिए।
विजयी खेलाडीहरूलाई कलेजका प्रिन्सिपल विजय गुप्ता, सिईओ सन्तोषकुमार खनाल, सिएओ कृष्णराज घिमिरे, फाइनान्स कन्ट्रोलर दीपेन्द्र पोखरेललगायतले मायोको चिनो प्रदान गरेका थिए। यसअघि कलेजका प्रिन्सिपल विजय गुप्ता, सिईओ सन्तोषकुमार खनाल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, कलेजको २०११ का व्याचका विद्यार्थी रोशन मिश्रले खेलले आपसी सम्बन्ध साथै स्वास्थ्यमा पनि सहयोग पु¥याउने धारणा राखेका थिए।कलेजका प्रबन्धक लक्ष्मण शर्माको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुम्निमा श्रेष्ठले गरेकी थिइन्। मञ्चले यसअघि फागुन १९ गते पोखरा रड्डशालामा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा कपडा व्यवसायी एशोसिएसनलाई ३–२ ले पराजित गरेको थियो।

No comments: