Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 9, 2013

"नेपाली गीत संगीतलाई अन्तराष्टिय स्थरसम्म लैजाने कोशिस गर्नेछु" राजेश पायल राई

लामा भाई इस्ट मान वाईबा/प्रदिप नेपाली कुवेत सिटी २०१३,३,९
मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजित च्यारिटी शो गत शुक्रबार सम्पन्न भएको छ सो कार्यक्रममा  भाग लिन आउनु भएकी चर्चित गायक राजेश पायल राईसँग खाडीन्यूज डट कमले केही जिज्ञासा राख्ने मौका पाएको थियो प्रस्तुत छ उनै चर्चित गायक राजेश पायल राईसँगको छोटो अन्तर्वार्ता ।


  • आजकल कतिको व्यस्त हुनु हुन्छ ?
अत्यन्त व्यस्त छु, तपाईहरुको माया,सदभाब र आशिर्बादले,अहिले कुवेत आएको छु गीत,संगीत निकाल्ने कन्सर्ट,प्रोग्राम आदि देखि लिएर हरेक बिदेशमा आउने अफर आँउछ जानु पर्यो ब्यस्त नै छु !
  • मुन्द्रे गायक पनि भन्दा रहेछन र राई इज किङ्ग पनि भन्दा रहेछन यो कसरि हुन गयो एसका बारेमा तपाई दर्शाक तथा शुभ चिन्तकहरुलाई जानकारी गराई दिनु हुन्छकी ?
मलाई हरेक उपनाम दिनु हुन्छा त्यो मायाले भन्नु भएको हो,तर पनि मैले यो भन्दा अघि मेरा कानका हरेका ठाउँमा प्वाल बनाएर मुन्द्र लगाएका थिए र ६ महिना पछि खोलिदिए सबै भन्दा सिम्पल भएको छु त्यसैले पनि मुन्द्रे गायक भन्नु भएको होला,राई इज किङ्ग चाँही मेरो कान्तिपुर, साप्ताहिक आदि टिमले दिनु भएको यो मेरो उपनाम हो,यो मैले पगरीमा गुथाएर राखेको छु !
  • पारिवारिक पृष्ठभूमिको बारेमा वा बाल्यकालको बारेका बताइदिनु हुन्छकी ?
म खोटाङ जिल्लाको बिपा लिक्पामा जन्मेको हु र मैले बाल्यकालमा गाँउमै धेरै समय बितायो त्यहि घाँस,दाउता,बाख्रा,मेलापात जस्ता आदि कामहरु हुन्थ्ये केहि समय धरानमा बित्यो  म पाँच भाई मध्येको कैलो छोरा हु पहिले देखि गीत संगीतमा लगथ्ये रमाइलो लाग्थ्यो खुसी लाग्थ्यो र त्यो सबैले गर्दा आहिले गीत संगीत पेशाको रुपमा परिणत हुन् पुग्यो !
  • यंहासम्म आइपुग्दा कुनै बाधा ब्यबधान आइपरे वा सहज रुपमा आफ्नो कार्यलाई अगाडी बढाउनु भएको हो ?
मानिस न हो ,काम गर्दै जाँदा हरेक किसिमका घटनाहरु घट्छन यस्तै मलाई पनि परेको छ पहिले मेरो ktm चिनजानको कोहि पनि थिएन,मलाई एक गिलास चिसो पनि दिने पनि कोहि थिएन तर अहिले चिया खाउ दुध खाउ भन्ने धेरै भेटिन्छन,पहिलाको स्टेज र अहिलेको स्टेजमा निकै भिन्नता छ धेरै दु:ख गरेको छु !
५)कति सालदेखि कला क्षेत्रमा लग्नु भएको हो ?
म बि.स.२०४८ सालदेखि अनवरत रुपमा नेपाली गीत संगीतलाई माया गर्दै र जगेर्ना गर्दै आइरहेको छु !
  • यंहासम्म आउछु जास्तो लाग्थ्यो पहिले,र जीवनमा यंहासम्म ल्याउन कसैको सहयोग पाउनु भयो ?
हरेक क्षेत्रमा कसैन कसैको सहयोग चाहिन्छ मलाई सहयोग गर्ने धेरै अग्रज मित्रहरु हुनु हुन्छ,तर आफ्नै मेहेनात,परिस्रम लगनसिलता र कार्य छ्यमता नै सबै भन्दा ठुलो कुरा रहेछ,अहिले आएर म चर्चामा आउन सफल भएको छु यो आफै गर्वको कुरा हो यस्तो अवसर सबैलाई प्राप्त हुदैन त्यो अवसर मैले पहेको छु !
  • अहिले सम्म कतिको हाराहारीमा स्वर दिनु भएको छ ?
यो अवस्था सम्म आइपुग्दा करिब ३००० को हाराहारीमा गीत गएको होला !
धेरै गीत गाइसक्नु भएको छ,गीत संगीतलाई कसरि लिनु हुन्छ ,र अब संगीतको लागि केहि गर्न बाकि छ जस्तो लाग्छ ?
गीत संगीत मन मुटु र अन्तर आत्माको धड्कन हो गीत संगीत यसलाई अन्तराष्टिय करन गर्नलाई अझ धेरै मेहेनतको आबस्यक छ,म यसैका लागि अगाडी बढेर धेरै देश विदेशको  पनि यात्रा गरिरहेको छु,आज मेरो आवाज भोजपुरी इन्डाष्टिजमा पनि आउदै छ,जापानिज भाषामा पनि आवाज दिदैछु अझ हाम्रो नेपाली गीत संगीतलाई उच्च स्तर मा उकास्ने प्रयत्न गर्नेछु

No comments: