झाको निवासमा दाहाल, पदको टुंगो लागेपछि पार्टी प्रवेश
दाहालले एमाओवादीमा मधेसमा क्षमतावान् नेतृत्वको अभाव रहेको बताए । एमाले परित्याग गरेका नेता रामचन्द्र झालाई आफ्नो पार्टीमा ल्याउन चाहना घुमाउरो भाषामा राख्दै दाहालले भने, 'तपाईंहरुले क्षमतावान लिडर हामीलाई दिनुपर्यो ।' त्यहि कार्यक्रममा झा प्रवेश गर्ने तयारी भए पनि उनी उपस्थित थिएनन् ।दाहालले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्नुमा आफ्नो पार्टीको भूमिका रहेको भन्दै जस लिएका थिए । 'प्रतिगामीहरुले चुनाव चाहेका थिएनन्,' उनले भने, 'जनताको अधिकार प्राप्तिका लागि चुनावमा जानैपर्ने थियो, हाम्रै पहलमा प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन भएको छ ।'दाहालले राजनीतिक क्रान्ति पूरा गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै आर्थिक क्रान्तिको नेतृत्व आफ्नो दलले लिने उदघोष गरे ।
रामचन्द्र झाको घरमा प्रचण्ड
दाहाल एमालेबाट राजीनामा दिएका पोलिटव्यूरो सदस्य रामचन्द्र झाको जनकपुर-२ कदमचोकस्थित घरमा बिहान गए । नेता हरिबोल गजुरेल, रामकुमार शर्मा र रामकुमार यादवसहित पुगेका दाहालले झाको घरमा चिया खाादै पार्टी प्रवेशबारे छलफल गरेका थिए ।झाले भने एमाओवादीले आफूलाई कुन हैसियतमा दिने औपचारीक निर्णय गरेपछि मात्रै पार्टी प्रवेश गर्ने अडान लिए । झाले शुक्रबार जनकपुरबाट एमाले मुख्यालय बल्खुमा फ्याक्समार्फत् राजीनामा बुझाएका थिए । उनले राज्यको पुचर्सारचनालगायत बिषयमा एमालेसाग विचार नमिलेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
No comments:
Post a Comment