हरेक वर्ष गरिने यो ‘स्विच अफ’ अभियान संसारका तीन चौथाइ स्थानमा चल्ने र अर्बौंले सहभागिता जनाउने यसका आयोजकले बताएका छन् । सामाजिक सञ्जालबाट प्रचार गरिएको अर्थ आवरको उद्देश्य स्थानीय मुद्दालाई विश्वव्यापी तापमान वृद्धिसँग जोड्ने पनि रहेको बताइएको छ । ‘स्विच अफ कार्यक्रम यो शनिबार स्थानीय समयअनुसार साढे ८ बजे १ सय ५० भन्दा बढी मुलुकमा हुनेछ ।
यो वर्ष पहिलो पटक प्यालेस्टिनी भूमि, ट्युनिसिया, गलापोगोस, सुरिनेम, फ्रेन्च गुयना, सेन्ट हेलेना र रुवान्डमा पनि हुनेछ,’ आयोजकले भनेको छ । अभियानका नयाँ सहभागीमा कोपेनहेगनको लिटल मेरमेड, स्ट्याच्यु अफ डेविभ र केपटाउनको टेबल माउन्टेन पनि छन् । यो स्थान सन् २०११ मा ७ प्राकृतिक आश्चर्यमा सामेल गरिएको थियो ।
जापानमा शनिबार लडलाइटहरू निभाइनेछन् । यहाँ अभियन्ताहरूले सन् २०११ को मार्चमा आएको महाभूकम्प र त्यसले उठाएको सुनामीको सम्झना गर्नेछन् । ‘रसियामा गत वर्ष अर्थ आवरका बेला अभियन्ताहरूले समुद्रको रक्षामा सरकारी पहल माग गर्दै १ लाखभन्दा बढी हस्ताक्षर संकलन गरेका थिए,’ डब्ल्यूडब्ल्यूएफले आङ्खनो वेबसाइटमा लेखेको छ ।
गान्डाले २७ हजार हेक्टरको पहिलो ‘अर्थ आवर जंगल’ स्थापना गरेको थियो जहाँ ५ लाख रूख रोपिएका छन् । अर्जेन्टिनीले यो वर्ष ३ दशमलव ४ हेक्टर समुद्री क्षेत्र यही अभियानको नाममा संरक्षण गर्ने अपेक्षा गरेका छन्
No comments:
Post a Comment