बलिउडका एक स्टार नायक सञ्जय दत्तलाई पाँच वर्ष जेल सजाय सुनाइएको तेस्रो दिन बलिउडका अर्का स्टार नायक सलमान खानलाई पनि अदालतमा उपस्थित हुन बोलाइएको भएपनि सलमान खान भने उपस्थित नहुने भएका छन् ।
सलमान खान अहिले अमेरिकामा रहेको र उनी अहिले उपचारका लागि त्यहाँ रहेकाले उनी शनिबार अदालतमा उपस्थित नहुने भएका हुन् । उनलाई जोधपुर अदालतले २३ मार्चमा अदालत बोलाएको थियो । सलमान खानका वकिलले सलमान खान अमेरिकामा उपचार गराइरहेको भन्दै मेडिकल सम्बन्धी रिपोर्टहरू अदालतसमक्ष पेश गर्ने बताइएको छ ।
उनीसँगै अदालतका लागी बोलाइएका तबु, सोनाली बिन्द्रे, सतिश शाह र निलम कोथारी जोधपुर पुगिसकेका छन् ।
सलमान खान गत फ्रेबुअरीमा पनि उपस्थित भएका थिएनन् । त्यसबेला उनले पहिले नै सुटिङको मिति तय भइसेको कारण देखाउँदै अदालतमा उपस्थित हुन नसकेको बताएका थिए ।
No comments:
Post a Comment