जया कार्की-चैत १४ बनेपा । एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको छैठौं जिल्ला सम्मेलन बनेपामा सम्पन्न भएको छ ।
सोमबार बनेपाको के एन बैन्क्वैटमा सम्पन्न जिल्ला सम्मेलनका प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिका अध्यक्ष एवं पूर्व सभासद् शालिकराम जम्मकट्टेलले नेपाली क्रान्तिका अग्रदस्ता क्रान्तिकारी यातायात मजदुर शोषित, उत्पिडित, मजदुरहरु मध्ये पर्छन । न उनीहरुको भविष्यलाई सुनिश्चित गर्न नियुक्ति पत्रको व्यवस्था छ, न त सामाजिक सुरक्षा कोष र ड्युटी समयको समेत व्यवस्था नभएको बताउनु भएको थियो । यिनै समस्याहरुले गर्दा यातायात मजदुरमा अन्य क्षेत्रका मजदुरहरु भन्दा बढी आकाश जमिनको फरक पर्न गएको बताउनु भएको थियो । बोल्ने क्रममा एनेकपा माओवादी निकट मजदुरहरुले १० वर्षे जनयुद्धमा पनि बम र बारुदमा लड्दै आएको संगठन संविधान सभाको चुनावमा समेत लाखौंको संख्यामा मजदुरहरु चुनावी मैदानमा भाग लिई कांगेस्र, एमाले लगायतका पार्टिहरुलाई परास्त गर्दै विजयी भएको र अब हुने चुनावमा पनि लाखौंको संख्यामा रहेका मजदुरहरु चुनावी मैदानमा उत्रने बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जम्मकट्टेलले – माओवादी निकट मजदुरहरुलाइै लक्षित गर्दै हाल आन्तरिक विवादको कारणले गर्दा केही मजदुर साथीहरु –माओवादी तर्फ आकर्षित भएपनि उहाहरुको व्यवहार र नीतिले गर्दा पुरानै घट्क फर्कने क्रम जारी रहेको बताउनु भएको थियो । उहाले एमाओवादी निकट विशाल मजदुर संगठनमा –माओवादी निकट मात्र नभई कांग्रेस, एमाले निकटहरुको समेत प्रवेश गर्नेहरुको लहर चलेको छ त्यस्तो खाले प्रवेशको लहरलाई आफ्नो संगठनले स्वागत गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा एनेकपा माओवादी काभ्रे जिल्ला संगठन समितिका जिल्ला एन्चार्ज दीनानाथ गौतम ‘प्रयास’ले सम्पूर्ण उपस्थित मजदुर कार्यकर्ताहरुलाई आगामी हुने निर्वाचनको लागि पूर्ण रुपले तयारी रहन आग्रह गर्नुभएको थियो । इन्चार्ज गौतमले मुलुकको हालको विद्यमान राजनीतिक संकटको अवस्था मुक्तिको खातिर आफ्नो पार्टीले ठूलो त्याग गरेको बताउनु भयो । उहाले जनाको हित र पहिचान सहितको संघियता र संघियता सहितको संविधान निर्माणको लागि गैर दलको नेतृत्वमा चुनावी सरकार गठन गरेको प्रष्ट्याउनु भएको थियो ।
उहाले मुलुक निर्वाचनमय भएको र एनेकपा माओवादी निर्वाचनको तयारीको लागि जुटी सकेको बताउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमतप्राप्त गर्ने ठोकुवा गर्नु भएको थियो ।
अरनिको विशेष जिल्ला समितिका उपाध्यक्ष खिलबहादुर श्रेष्ठको सभापतित्वमा समपन्न कार्यक्रममा अरनिको विशेष उपाध्यक्ष सुरेशचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रयि महासचिव गष्णेस रेग्मी, यातायात मजदुर केन्द्रीय उपमहासचिव दिपक के सी, अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे जिल्ला अध्यक्ष मोहन गजुरेल लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राज्य सममेलन आयोजक समितिका सदस्य एवं काभ्रे जिल्ला सेक्रेटरी बमध्वज, अक्कलबहादुर थिङ्ग ‘महेश’ कार्यालय सचिव आयु,दुर्गा सिं तामाङ्ग, कुमार पन्त, माधव पाण्डे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा विगत केहि वर्ष देखि दुर्घटनाका क्रममा बिरामी पदैृ आउनुभएका एमाले निकट स्वतन्त्र यातायात मजदुरका अरनिको रुट इकाईका सल्लाहकार रामशरण खड्काले उक्त संगठनको साधारण सदस्यता समेत नरहने गरी संगठन एवं पार्टी परित्याग गर्दै अखिल नेपाल यातायात मजदुर संघमा प्रवेश गर्नु भएको थियो । संगठनले उहाँको उपचारको लागि नगद रु १० हजार सहयोग प्रदान गरेको थियो । कार्यक्रममा खिल बहादुर श्रेष्ठको अध्यक्षतामा ४८ सदस्यीय कार्य समिति चयन भएको छ । जसका उपाध्यक्षहरुमा शुरेसचन्द श्रेष्ठ, नकुल चौलागाई, दिपक महत र सत्यनारायण लामिछाने रहेका छन ।
No comments:
Post a Comment