काठमाडौं, १४ चैत । एकीकृत नेकपा माओवादी भित्रका मधेसी नेताहरु मिलेर छुट्टै मधेसवादी पार्टी खौल्ने भन्ने हल्ला निराधार भएको बताइएको छ । मधेसी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले एमाओवादीमा भएका मधेसी नेताहरुले छुट्टै पार्टी खोल्ने भन्ने हल्लाको खण्डन गर्नु भएको हो ।
एमाओवादी भित्रका मधेसी नेताहरुलाई केन्द्रमा सम्मानजनक स्थान हुनुपर्ने माग भने रहेको अध्यक्ष शर्माले बताउनुभएको छ । पार्टीको केन्द्रीय समितिमा पूर्ण र बैकल्पिक गरी तीन सय ९९ सदस्यहरु रहेपनि मधेसबाट प्रतिनिधी कम राखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उनीहरुले केन्द्रीय समितिमा मधेसीको विशेष प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् ।
मधेशका बिषयमा सञ्चार माध्यममा आएका अनर्गल प्रचार प्रति मधेशका नेतृत्वहरुद्वारा
प्रेसित प्रेश विज्ञप्ती
No comments:
Post a Comment