Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 12, 2013

अवरोध नभए भोली विहान नयाँ प्रधानमन्त्रीको सपथ हुन्छः मन्त्री महतो


फोरम, तमलोपा र काग्रेसबाट करिब ३ सय कार्यकर्ता सदभावनामा प्रवेश
काठमाडौ, २९ फागुन । सदभावना पार्टीका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले कुनै अवरोध आई नलागे भोली विहान ८ बजे मुलुकमा नयाँ प्रधानमन्त्रीको रुपमा प्रधानन्यायधिस खिलराज रेग्मीले सपथ लिने दावी गरेका छन् ।फोरम नेपाल, तमलोपा र नेपाली काग्रेस नेता र कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै जसो विषयमा सहमति भईसकेको उल्लेख गर्दै थप अवरोध नआए भोली विहान सपथ कार्यक्रम हुने बताएका हुन । 
उनले भने–सहमति अन्तिम चरणमा छ । अब प्रधानन्यायधिस प्रधानमन्त्री बन्छन ।
निर्वाचन दलहरुको लागि उत्सव भएकोले निर्वाचनमा जान कोही पनि डराउन नहुने भन्दै निर्वाचनमा जानु दलहरुको बाध्यता भएको स्पष्ट पारे । 
आफ्नो पार्टीमा पछिल्लो समयमा देशब्यापी रुपमा देखिएको प्रवेशको लहरले आगामि निर्वाचनबाट मधेसको सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित हुने दावी गर्दै २२ वर्ष अघि स्थापना भएको सदभावना पार्टीबाहेक सबै मधेसबादी पार्टी लहडमा उत्पन्न भएकोले सबै समाप्त भएर जाने समेत बताए । 
महतोले पृथ्वी नारायण शाहले मुलुकको भौगोलिक एकता गरे पनि भावनात्मक एकता गर्न नसकेकोले विभेद कायम रहेको भन्दै आफ्नो पार्टी मधेसलाई दुख्दा हिमालले बोल्ने र हिमाल पहाडलाई दुख्दा मधेसले बोल्ने अवस्था सहितको समता मुलक मुलुक निर्माणको लागि जातीय दायराबाट देशब्यापी संगठन विस्तारमा लागेको जानकारी दिए । 
संघीयताको कुरा आफ्नो पार्टीले २२ वर्ष अघि उठाएकोमा अहिले आएर काग्रेस एमाले सहितका दलहरुले स्विकारेर राष्ट्रिय ऐजेण्डा बनेकोले आफूहरुको जित भएको समेत सो कार्यक्रममा उनले दावी गरे ।
कार्यक्रममा मन्त्री महतोले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालको भातृसंगठन मधेसी यूवा फोरम नेपालका अध्यक्ष योगेन्द्र राय यादव, निवर्तमान महासचिव फिरोज मन्सुरी, केन्द्रीय सदस्य धिरेन्द्रप्रसाद यादव, जयप्रकास महतो, पंकज महतो, उपेन्द्र राय, लखिन्द्र यादव, दिनेश यादव, श्याम किशोर यादव, जितेन्द्र कुमार साह, कार्तिकेश झा,हकिम राय, सल्लहकार राजकुमार चौरसीयालाई पार्टी प्रवेश गराएका थिए । 
त्यसैगरी तराई मधेस लोकतान्त्रिक मुस्लिम फन्टका महासचिव महम्मद जोबार अन्सारी, मधेसी स्वास्थ्यकर्मी फोरम र नेपाल निश्चेतना प्राविधिक संघका उपाध्यक्ष सन्तोष सिह, उलेमा काउन्सीलका नेपाल मुस्तीका सचिव अब्दुल सतार अन्सारी, नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर १का सभापति जयप्रकास महतोसहितका करिब ३ सय विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पनि सदभावना पार्टीमा प्रवेश गरेका थिए । 
पार्टी प्रवेशपछि आफ्नो धारणा राख्दै यूवा फोरमका अध्यक्ष योगेन्द्र राय यादवले फोरम नेपाल भित्र विश्वासको संकट उत्पन्न भएकोले आफु पार्टी छाड्न बाध्य भएको भन्दनै नेपालमा मधेसबादलाई २२ वर्ष देखि निरन्तर उठाउँदै आएर राष्ट्रिय विषय बनाएको सदभावना पार्टीमा प्रवेश गर्नु आफ्नो रहर भएको बताए । 
फिरोज मन्सुरले मधेसको नारा दिने मधेसका अधिकांश पार्टी सिद्धान्त विहिन बनेको भन्दै फोरम नेपाल यादव जातीको संगठन मात्रै भएको आरोप लगाए । 

No comments: