Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 12, 2013

जन्मसिद्धका छोराछोरीहरुद्धारा बंशजको आधारमा नागरिकता दिने ब्यवस्था गर्न माग


नागरिकता नपाए आत्महत्या वा शसस्त्र यूद्धको चेतावनी
काठमाडौ, २९ फागुन । जन्मसिद्ध नागरिकता पाएका नागरिकहरुका छोरा छोरीले आफूहरुलाई तत्काल बंशजको आधारमा नागरिकता पाउने गरि कानूनी ब्यवस्था मिलाउन माग गरेका छन् । 
राज्य विहीन मधेसी यूवा संघर्ष समितिको नाममा संगठित भएका उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नागरिकता नपाउँदा आफूहरु राज्य विहीन भएको र कतै कुनै अवसर पाउन बाट बञ्चित भएको भन्दै तत्काल नागरिकता पाउने ब्यवस्था नगरे आफूहरुसँग आत्महत्या गर्ने वा अधिकारको लागि हतियार उठाएर विद्रोह गर्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन । 
समितिले त्यसको लागि कानून निर्माण गर्नु पर्ने, नागरिकता बनाउनको लागि विपन्नकालागि बजेटको ब्यवस्था गर्नु पर्ने, सीमा क्षेत्रमा नागरिकता छानविन आयोग दुबै देशको सहमतिमा गर्नु पर्ने, आमाको नामबाट नागरिकता पाउनु पर्ने, नागरिकताकालागि जागरण अभियान सञ्चालन गर्नु पर्ने, नागरिकता वितरण सहित मतदाता नामावली संकलन कार्य तत्काल सुरु गर्नु पर्ने माग अघि सारेको छ । 
कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष संगिता चौरसीयाले आमासँग बंशजको आधारको नागरिकता भएको , बाबुको जन्मसिद्ध नागरिकता भए पनि आफूले नागरिकता नपाउँदा महिला विकासको जागिर तीन महिना खाएर छाड्नु परेको र अहिलेसम्म सबै अवसरबाट बञ्चित हुनु परेको गुनासो गरिन । 
हेमन्त पाण्डेले आफूले नागरिकता नभएकै कारण उच्चशिक्षा अध्ययन बञ्चित हुनु परेको गुनासो सुनाए । 
साह आलम अन्सारीले आफूले देश मान्ने तर देशले आफूहरुलाई किन नमानेको भन्दै प्रश्न गरे । 
महोत्तरीका एमवीए पास गरेर अर्जुनकुमार साहले नागरिकता विहीन भएर आफूले रोजगारी पाउन नसकेको बताए । 

No comments: