भोला थापा क्षेत्री÷दोहा ९ मार्च ÷प्रवासमा पनि भाषाको उत्थानमा जुटेका साहित्यिक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालको सयुक्त आयोजनामा भएको नियमीत वाचन श्रृखलाको दोस्रो बार्षिकी सम्पन्न भएको छ ।‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाज निर्माण हाम्रो अभियन’ भन्ने मूलमन्त्रसहित स्थापना भएको नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतार र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले नियमित संचालनमा ल्याएको वाचन श्रृखलाको २४औ“ डबलिमा रेगिस्तानी कवि तीर्थ संगम राईको एकल वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम संयोजक श्याम रानाभाटले सञ्चालन गरिएको कार्यक्रममा नायिका शोभिता सिम्खडा विशिष्ट स्रोतामा आमन्त्रित गरिएको थियो । सिम्खडाले कार्यक्रममो उदघाटन गर्नुअघि राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममो सुरुआतमै संस्थाका प्रथम उपाध्यक्ष इन्द्रमणि नेपालले वार्षिक प्रतिवेदन पढेर सुनाएका थिए ।
कार्यक्रममा रेगिस्तानी कवि राईले एकल वाचनमा डायास्पोरिक, समसामयिक, राजनीतिक चेत, देशप्रेम, आदिवासीको मर्म, नारीवादी, प्रणयभावमा रचिएका डेढ दर्जन बढी कविता वाचन गरेका थिए । ८ मंसिर ०३४ मा खोटाङ, बुइपामा जन्मिएका कविको हालको बसाइ भने झापाको बिर्तामोड रहेको छ । स्वच्छिक रुपमा संचालन भएको उक्त एकल डबलीमा कतारमा ६० हजार रुपैया संकलन भएको थियो ।
स्नातकसम्मको अध्ययन पूरा गरेका कविले ०४९ सालबाट साहित्य लेखनको सुरुआत गरेका हुन । उनले कविता, नाटक, गीत, कथा, गजल आदि विधाहरूमा कलम चलाउने गरेका छन । राईका प्रकाशित कृतिमा वसन्त कथा तथा कविता संग्रह–०५३ , संगमका केही फुटकर रचना, मिश्रित संग्रह–०५७, प्रवासी संगालो संगम अनि सहयात्रीहरू, मिश्रित संग्रह–०६६ प्रकाशन भइसकेका छन् भने कविता संग्रहको प्रकाशनको तयारीमा छ ।
कार्यक्रममा विगतका डबलीहरुका विशिष्ट श्रोताहरु नेपाली नियोग कतारका द्वितीय सचिव साहित्यकार जयबहादुर छाङछा राई, कवि बद्रीप्रसाद पराजुली, अनेसास–नवोदितका सल्लाहकार शिखर वैद्यले कविता वाचन गरे भने नेपाली जनसम्पर्क समितीका सभापति विमल सुवेदी, एनआरएनएन सिसी कतारका अध्यक्ष अमृत गुरुङ, एनआरएनए कतारका प्रथम उपाध्यÔ गुरुनारायण रानाभाट,नेपाल लोकतान्त्रिक मञ्च कतारका अध्यक्ष दिलकिरण खुजुम, समाजसेवी पवित्रा खड्का, पत्रकार दीपक पौडेल, होम कार्की, बुद्धिजिवी बिलबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा नायिका शोभिता सिम्खडाले आफूलाई २४औ“ डबली तथा रेगितानी कवि तीर्थ संगमको एकल वाचनको विशिष्ट स्रोतामा निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद दिईन ।स्मरण रहोस अनेसास तथा नवोदित वाचन डबलीमा संस्थाले हरेक महिना कार्यक्रमा एक विशिष्ट स्रोतालाई निम्ताइन्छ । यसैगरी संस्थाले विगतका दिनमा पनि वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक डा.अभि सुवेदी, प्रा.डा. घनश्याम परिश्रमी, गीतकार तथा कवि श्रवण मुकारुङजस्ता वरिष्ठ साहित्यकारहरूलाई कतार भित्र्याई सकेको छ ।
कतारमा कार्यरत कवि बद्रीप्रसाद पराजुलीको गत ७ सेप्टेम्बर २०१२ का दिन एकल वाचन कार्यक्रम सम्पन गरि सकेको यस संस्थाले उक्त वाचन डबली ससुल्क रुपमा संचालन गरेको थियो । उक्त डबलीमा एक लाख ६० हजार नेपाली रुपैया“ संकलन गरिएको थियो । सहयोग स्वरूप संकलित रकम कवि पराजुलीलाई हस्तान्तरण गरेको थियो । भने संस्थाले गत ९ मंसिर तद्नुसार २४ नोभेम्बर २०१२ मा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आफ्नो २०औ“ डबली भव्यताका साथ सम्पन्न गरेको थियो ।
No comments:
Post a Comment