Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 9, 2013

प्रेस–विज्ञप्ति



नेपाल सरकार, अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रकाशन प्रारम्भ गरेको म्ष्कतचष्अत ब्ष्म एचयाष्भि को माननीय अर्थमन्त्री वर्षमान पुनबाट आज मिति २०६९।११।२४ मा सार्वजनिक भयो उक्त प्रकाशनमा क्षेत्रगत तथा जिल्लागत रुपमा संचालित परियोजनाहरुको जानकारी राखिएको सार्वजनिक विमोचन कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा मन्त्रालय अन्तर्गतका सबै महाशाखाका सहसचिवहरुको उपस्थिति थियो कार्यक्रममा बोल्दै मा. मन्त्रीज्यूले यो एउटा राम्रो शुरुवात भएको तथा यसको स्तरीयतालाई आउँदा दिनहरुमा अझै बढाउनुपर्ने कुरामा जोड दिनु भयो मन्त्रीज्यूले विगत ५०६० वर्षदेखि आइरहेको वैदेशिक सहायताले राष्ट्रहीतका लागि  उल्लेखनीय कार्य गर्न नसकेको हुनाले वैदेशिक सहायता नीतिलाई नया दिशा तर्फ लैजानु पर्ने आवश्यकता औंल्याउनु भयो पुरानेै अभ्यासबाट हामी अगाडि जानु भन्दा व्यापारतर्फ जानु उपयुक्त हुने तर्फ सबैको ध्यान आकर्षण गराउनु भयो तसर्थ वैदेशिक सहायतालाई राष्ट्रिय रणनीतिमा आवद्व गर्नु अहिलेको प्राथमिक आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो वैदेशिक सहायता राष्ट्रिय प्रणाली भन्दा बाहिर जान नहुने तथा यसका लागि सहज रुपमा सबै किसिमको सहयोग स्वीकार गर्नु भन्दा हामी बढी जिम्मेवार ढंगले अगाडि बढ्नु पर्ने कुरा पनि मा. मन्त्रीज्यूले सो कार्यक्रममा उल्लेख गर्नुभयो उक्त कार्यक्रममा बोल्दै अर्थ सचिव शान्तराज सुबेदीले यो प्रकाशन भौगोलिक रुपमा सन्तुलन मिलाइ बजेट विनियोजन गर्न तथा विकासका साझेदारहरुसँग छलफल गर्दा निकै नै उपयोगी हुने कुरा उल्लेख गर्नु भयो कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले यसलाई आउँदा दिनहरुमा अझै स्तरीय रुपमा प्रकाशित गर्ने कुरामा प्रतिवद्धता जनाउनु भयो
 अर्थ मन्त्रालय
२०६९ फागुन २४







No comments: