मिति :२०६९/१२/०५
देशका विभिन्न सञ्चारमाध्यमहरूमा कार्यरत श्रमजीवी पत्रकारहरूले महिनौंदेखि तलब, भत्ता नपाएको अवस्थाप्रति यस नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को गम्भीर ध्यानाकर्षण भएको छ ।
उर्जा संकट, असुुरक्षा र आर्थिक मन्दीले देशको अर्थव्यवस्थालाई गाँजेको पस्थितिमा व्यावसायिक पत्रकारिता समेत यी अवरोधहरूबाट मुक्त हुन सकेको छैन । अर्कोतर्फ दोहोरा अंकको मुद्रास्फीति कायम रहनाले विना तलब भत्ता काम गर्दा श्रमजीवी पत्रकारहरुलाई दैनिक जीवनयापनमै समस्या परेको यथार्थ कतै छिपेको छैन ।
विभिन्न टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा अनलाइनमा कार्यरत पत्रकारहरुले महिनौंदेखि तलब तथा न्युनतम सुविधा समेत नपाई काम गर्नुपरेको तथ्यको जानकारी यस संघले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुबाट प्राप्त गरेको छ । अतः श्रमजीवी पत्रकारहरुले पाउनुपर्ने बक्यौता पारिश्रमिक तत्कालै उपलब्ध गराई आगामी दिनमा समेत नियमित तलब भत्ता दिई व्यावसायिक कार्य वातावरण बनाउन सम्बन्धित सञ्चारगृहका सञ्चालक तथा सरोकारवाला सबै निकायसँग नेपाल आर्थिक पत्रका संघ जोडदार माग गर्दछ ।
यस मागको सुनुवाइ नभए श्रमजीवी पत्रकारहरुको आधारभूत हकहितका निम्ति गरिने कडा संघर्षको नेतृत्व गर्न नेपाल आर्थिक पत्रका संघ बाध्य हुने सम्बद्ध पक्षहरुलाई जानकारी गराउँदछौं ।
शुकदेव चापागाईँ
अध्यक्ष
No comments:
Post a Comment