जिवन डोटेल, दोहा
कतारवासी स्याङ्गजालीहरुको साझा संस्था स्याङ्गजा सहयोग समाज दोहा कतारले आफ्नो आठौ वार्षिकोत्सव कार्यक्रम १५ मार्च २०१३ का दिन ग्राण्ड कतार प्यालेस होटेल, दोहामा भब्यताका साथ सम्पन्न गरेको छ ।
स्याङ्गजा सहयोग समाज को चाहाना विशुद्ध सामाजीक सेवाको भावना भन्ने मुल मन्त्र बोकेर सामाजिक कार्यमा अगाडी बढेको संस्था स्याङ्गजा सहयोग समाज ले आफ्नो स्थापनाको को सातौ वर्ष पुरा गरि आठौ वर्षमा प्रवेश गरेको खुसीयालीमा राखेको उक्त कार्यक्रमको सभापतित्व स्याङ्गजा सहयोग समाज का अध्यक्ष श्री टुक राज अर्याल ले गर्नु भएको थियो । भने उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावास कतार की महामहिम राजदुत, डा. माया कुमारी शर्मा रहनुभएको थियो साथै उक्त कार्यक्रमको विशेष अतिथी मा नेपाली राजदुतावास कतार का द्धितिय सचिव श्री जय ब.राई, नेपाली राजदुतावास कतार का श्रम सहचारी स्याङ्गजा वासी श्री इन्द्र देव पाण्डे,एनआरएनए आइसिसिका सचिव श्री टि .बी कार्की, एनआरएनए आइसिसिका गल्फ संयोजक श्री नरेन्द्र ब.भाट, एनआरएनए आइसिसिका सदस्य डा. अजिजुर रहमान सेख एनआरएनए एन सि सि का अध्यक्ष श्री अमृत गुरुङ्ग, एनआरएनए आइसिसिका निवर्तमान उपाध्यक्ष श्री सागर नेपाल, स्याङ्गजा सहयोग समाजसंस्थापक अध्यक्ष तथा संरक्षक, श्री राजेश दर्शन अर्याल, स्याङ्गजा सहयोग समाज संस्थापक उपाध्यक्ष तथा संरक्षक श्री पुर्ण ब.के.सी स्याङ्गजा सहयोग समाज निर्वतमान अध्यक्ष, एव वर्तमान संरक्षक तथा प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाट स्याङ्गजा सहयोग समाज युएइका संस्थापक अध्यक्ष तथा एनआरएनए एन सि सि युएईका अध्यक्ष, श्री चन्द्र रोकाहा , पिजन इन्जिनीयरीङ्ग का डाइरेक्टर तथा व्यवसायी श्री आर.के.शर्मा यु .ए ई एक्चेन्ज का मेनेजर श्री राजाराम बुढाथोकी कतार युनिभरर्सीटी का प्राध्यापक श्री सालीग्राम पोखरेल, बि.बि.सी साझा सवाल का सम्बाददाता श्री नारायण श्रेष्ठ (नेपाल देखी), लगाएत विभिन्न सामाजिक संघ संस्था का प्रतिनिधी ,समाज सेवि ,बुद्धिजिवी, ब्यवसायी, पत्रकार एवं संस्थाका सल्लाहाकार सहयोगी गरी झन्डै ७० भन्दा बढि ब्यक्तिको अतिथ्यता रहेको थियो ।
राष्ट्रीय गान बाट सुरु भएको उक्त कार्यक्रम को उदघाटन प्रमुख अतिथी महामहिम राजदुत द्वारा पानसमा बत्ती बालेर अनि बार्षिकोत्सवको केक काटेर गर्नु भएको थियो । संस्थाका द्धितिय उपाध्यक्ष श्री गोप सुनार ले स्वागत मन्तव्य तथा संस्थाका प्रथम उपाध्यक्ष रामु वस्याल ले संचालन गरेको कार्यक्रममा मा स्याङ्गजा सहयोग समाजका नव प्रतिभा सास्कृतीक टोलीले स्वागत गित द्धारा उपस्थित सबैलाई स्वागत गरेका थिए । उक्त कार्यत्रममा संस्था इकाई अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै जिल्ला स्तरका संघ संस्थाको प्रतिनिधीत्व गर्दै पाल्पा सेवा समाज का अध्यक्ष भुपराज दुवाडी, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई समाज सेवी कमलमणी गुराँगाई यु ए ई एक्सचेन्ज का मेनेजर राजा राम बुढाथोकी स्याङ्गजा सहयोग समाज का सल्लाहाकार बिल गुरुङ्ग मुस्लीम सेवा समाज का मक्शुद आलाम, कतार युनिभरर्सीटी इन्जीनियरीङ्ग विभाग का प्राध्यापक श्री सालीग्राम पोखरेल स्याङ्गजा सहयोग समाज निर्वतमान अध्यक्ष एव वर्तमान संरक्षक तथा प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाट, स्याङ्गजा सहयोग समाज युएइ का संस्थापक अध्यक्ष तथा एनआरएनए एन सि सि युएईका अध्यक्ष, श्री चन्द्र रोकाहा, स्याङ्गजा सहयोग समाज कतारका संस्थापक उपाध्यक्ष तथा संरक्षक श्री पुर्ण ब.के.सी, स्याङ्गजा सहयोग समाज कतारका संस्थापक अध्यक्ष तथा संरक्षक, श्री राजेश दर्शन अर्याल, एनआरएनए आइसिसिका निवर्तमान उपाध्यक्ष श्री सागर नेपाल, एनआरएनए एनसिसिका अध्यक्ष श्री अमृत गुरुङ्ग, एनआरएनए आइसिसिका गल्फ संयोजक श्री नरेन्द्र ब.भाट, एनआरएनए आइसिसिका सचिव श्री टि .बी कार्की, लगाएतले स्याङ्गजा सहयोग समाज दोहा कतारको आठौ बार्षीक उत्सवको शुभकामना दिदै स्याङ्गजा सहयोग समाज , स्याङ्गजा सहयोग समाजमा मात्र सिमित नरही जिल्ला जिल्ला विचको समन्वय गरी अञ्चल र विकाश क्षेत्र स्तरको संस्था निर्माण गरी अगाडी बढ्न सुझाव समेत दिनुभयो । यसैगरी संरक्षक एवं संस्थापक उपाध्यक्ष पुर्ण ब.के.सी, र निर्वतमान अध्यक्ष एव वर्तमान संरक्षक तथा प्रमुख सल्लाहकार गुरुनारायण रानाभाट ले स्याङ्गजा सहयोग समाज दोहा कतार मा संस्थालाई असर पर्ने खालका भ्रमित कुरामा नलागी स्याङ्गजा सहयोग समाज केवल एउटा मात्र सामाजीक संस्था हो जसले २० औ हजार स्याङ्गजावासी को दोहा मा प्रतिनिधित्व गर्दछ भनि प्रष्ट पार्नु भयो । कार्यक्रमको विच विचमा स्याङ्गजा सहयोग समाज नव प्रतिभा सांस्कृतीक टोली बाट संगित र नृत्य प्रस्तुत गरेर उपस्थीत सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । संस्थाको कार्य प्रगती प्रतिवेदन सचिव हुमनाथ गैह्रे, सदस्यता सम्बन्धी जानकारी वेद पाठक तथा कोषाध्यक्ष याम प्रसाद श्रेष्ठले झन्डै ७२ लाख रुपैयाँ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सुचना तथा संचार प्रमुख जिवन डोटेल ले संस्थाले गरेका काम र भावियोजनाहरु को छोटो जानकारी लाई भिन्न र आकर्षक शैलिमा प्रस्तुत गर्नुभएको थियो । ,
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक, श्री राजेश दर्शन अर्याल, संस्थापक उपाध्यक्ष तथा संरक्षक पुर्ण ब.के.सी, निर्वतमान अध्यक्ष एव वर्तमान संरक्षक तथा प्रमुख सल्लाहकार गुरुनारायण रानाभाट र वर्तमान अध्यक्ष टुकराज अर्याल लाई रातो खादा र टोपी लगाई सम्मान तथा आजीवन सदस्यता प्रदान गरिएको थियो । साथै संस्था लाई बिशेष सहयोग पु¥याई स्या.स.स ले २०६८ मा प्रकाशन गरेको भित्तेपात्रोमा स्पोन्सर गर्ने कम्पनीहरु यू ए ई एक्सचेन्ज का मेनेजर राजा राम बुढाथोकी, पिजन इन्जिनियरीङ्ग का डाईरेक्टर आर.के शर्मा, हिमालय रेष्टुरेन्ट का डाइरेक्टर श्री कमलराज थापा, रयान ट्राभल्स एण्ड टुर्स, एबलमाट डब्लु एल.एल, अलमाया इन्टरनेशनल, प्रिन्स होटल लाई रातो खादा र प्रशंसा पत्रबाट सम्मन गरिएको थियो । यसै गरि संस्था लाई अमुल्य सहयोग पु¥याउने विशेष सहयोगीका रुपमा श्री प्रताप ढुङ्गाना र महिला सदस्य श्रीमती लोकमाया क्षेत्री लाई खादा र प्रशंसा पत्रद्धार सम्मान गरिएको थियो । विशेष व्याक्तीत्व अन्तरगत कतार युनिभरर्सीटी का प्राध्यापक श्री सालीग्राम पोख्रेल लाई रातो खादा र प्रशंसा पत्रबाट सम्मन गरिएको थियो । स्या.स.स नव प्रतिभा संस्कृतीक सदस्यहरु संस्थामा सहयोग पु¥याउने अन्य सहयोगी पात्रहरु तथा विगतमा यस संस्थाको विभिन्न ओहोदा मा रही संस्थामा विशेष योगदान पु¥याउनुहुने व्याक्तीहरु श्री प्रकाश श्रेष्ठ ,श्री कमलराज रेग्मी, श्री योगेन्द्रमान श्रेष्ठ, श्री हरी प्रसाद अर्याल, श्री घनश्याम पराजुली, श्री प्रकाश परीयार, श्री लक्ष्मण खनाल, श्री अम्बिका सापकोटा लगायत लाई प्रशंसा पत्र द्धारा सम्मान गरीएको थियो । साथै स्या.स.स अन्तरगतका इकाई तथा विभागहरु एवं संस्थालाई आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगीेहरुलाई खादा र सम्मान तथा प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
उक्त आठौ वार्षिकोत्सव कार्यक्रमकी प्रमुख अतिथी डा. माया कुमारी शर्मा ले स्याङ्गजा सहयोग समाज दोहा कतार साच्चिकै अनुशाशित र सहयोगी संस्था रहेको उल्लेख गर्दै स्या.स.स मा टुकराज अर्याल को अध्यक्षता मा सञ्चालीत कार्यसमीतीले गेरेका कामको खुलेर प्रशंसा समेत गर्नुभयो । साथै उक्त कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिदै, उपस्थित सबैलाई महामहिम डा. शर्मा ले स्या.स.स र समाजका अध्यक्षले जस्तै नेपाली दुतावास कतार संग समन्वय गरी मजदुरको हितमा काम गर्न गराउन आग्रह समेत गर्नु भयो । उक्त समयमा कतार स्थित नेपाली व्यवसायीहरु लाई समेत नेपाली मजदुरको हकमा भएको तलव वृद्धिलाई कार्यन्वयन गरी गराई सहयोग गर्न आग्रह पनि गर्नु भयो साथै नेपाल बाट रोजगारी को लागी दोहा आउने कामदार लाई दुई ओटा सम्झौता पत्र मा हस्ताक्षर नगरी आँफुले गर्ने सही काम र तलवकको सम्झौता पत्र (एग्रिमेन्ट) मा मात्र हस्ताक्षर गरी कतार आउनु हुनको लागी आग्रह गर्नु भयो । नेपालमा वैदेशिक रोजगार व्यबसायी लाई कतार मा तलव वृद्धि गरिएको कुराको जानकारी सरकारले गराई सकेता पनि व्यबसायी ले सरकार लाई छल्नेगरी एउटा कम तलव र अर्को सरकारले भने बमोजिम तलव सुविधाको दुई कागज मा हस्ताक्षर गराई कतार पठाइने गरेकोले र कामदार कतार मा आई सके पछि कम्पनीले कम तलव भएको एग्रिमेन्ट अनुसार तलव दिने हुनाले उक्त कार्यमा दुतावास ले कुनै पनि कानुनी प्रकृया अगाडि बडाउन गाह्रो भएको कुरा गर्दै सबैलाई समयमा नै सचेत हुन आग्रह गर्नु भयो । भने स्या.स.स दोहा कतार लाई अझ बढि शशक्त रुपमा सामाजिक क्षेत्रको पहिचान गरी अगाडी बढ्नको लागी शुभकामना दिनुभयो ।
बार्षिकोत्सव कार्यक्रमको अन्तमा सभापतिको आसन बाट अध्यक्ष टुकराज अर्याल ले संस्थाको निमन्त्रणा लाई स्वीकार गरी देश तथा विदेश देखी पाल्नु भई आफ्नो ब्यस्त समयको बावजुद पनि अमुल्य समय दिई कार्यक्रममा उपस्थीत हुनु भएका प्रमुख अतिथी महामहिम ज्यू, बिशेष अतिथी ज्यूहरु अतिथी ज्यूहरु, पत्रकार, व्यबसायी, समाजसेवी, कार्यसमीती, इकाई र विभागका पदाधिकारी, सल्लाहाकार ज्यूहरु,राष्ट्रिय तथा जिल्ला स्तरका संघ संस्थाका प्रतिनिधी ज्यूहरु, एवं उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै यहाँ हरुले दिनुभएको योगदान सल्लाह र सुझाव को कदर गर्दै स्या.स.स यहाँ सम्म पुगेको कुरा बताउदै सबै बाट सदैव यस्तै योगदान , सल्लाह र सुझवको अपेक्षा संस्थाले गरिहेको कुरा व्यक्त गर्दै भविष्यमा पनि यस्तै र अझ सक्रिय र सशक्त रुपमा संस्थाले सामाजिक कार्यहरुलाई अगाडी बढाउने बचनवद्धता पनि प्रकट गर्नु भएको थियो । संस्थाको भावि कार्ययोजनाको संक्षिप्त जानकारी गराँउदै अध्यक्ष अर्यालले उक्त आठौ वार्षिकोत्सव कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउबाट सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो ।
No comments:
Post a Comment