Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 19, 2013

"नमस्ते नेपाल महत्सव २०१३" ले कोरिया गुन्जयमान


मीन प्रकाश उप्रेती

सोल (दक्षिण कोरिया), सधै सवारि साधानले भरिभराउहुने दक्षिण कोरियाको राजधानी सोलस्थित ग्वाङह्वामुन सेजोङ रोड आज मानिसले भरिभराउ छ । सगरमाथा, बुद्ध र नेपाल झल्काउने  तस्बिर र लेखनहरु जताततै देखिएका छन् ।
नेपाली गीत र नृत्यले उत्तर क्षेत्र गुन्जमान छ । त्यहाँ प्रवेश गर्ने जो कोहिलाई पनि नेपालीपनले छोएको परैबाट देख्न पाइन्थ्ययो । दक्षिणकोरियामा आइतबार भएको  नमस्ते नेपाल महोत्सव २०१३ को दृष्य हो यो ।
विदेशीहरुको बाक्लो उपस्थिति रहेको सो महोत्सवमा सगरमाथाको तस्बिर देखाउँदै एकजाना कोरियनले उनका साथीलाई उनकै भाषामा सोध्दै थिए, 'थाहा छ हिमालय कति उचाईमा छ ? ' अर्का कोरियन नागरिक सङ्गवानि किमले  उक्त क्षेत्रमा राखिएको स्टलहरुको अवलोकन गर्दै अनलाईन खबर संग भने मैले नेपालको बारेमा जति सुने को थिए आज प्रतक्ष सबै कुराको जानकारि पाएकोले चांडै  नेपाल भ्रमण गर्ने  सोचमा छु । मलाई यि सबै कुराले नेपाल हेर्ने ईच्छा जागेर आयो किमको भनाई थियो ।
नेपाली परिकार नान रोटीदेखि लिएर छोइला कचिला लगायतका परिकारको स्वादले विदेशीहरुलाई तानेको सजिलै देख्न पाइन्थ्यो । एकजना कोरियन महिला नानरोटी खाँदै उनकै भाषामा नातेदारलाई भन्दै थिइन्, 'नमो मासिस्सयो' (यो धेरै मीठो रहेछ) ।
'प्रकृति, सस्कृति, कला, साहित्य र वास्तुकलामा समृद्ध नेपाल' भन्ने मुल नाराका साथ नमस्ते नेपाल महोत्सव २०१३        एनआरएन दक्षिण कोरियाले आयोजना गरेको थियो ।
विषेश गरेर नेपाल र कोरियावीचको कुटनीतिक सम्वन्धलाई वलियो वनाउने, नेपाल पर्यटन प्रर्वद्धन गर्ने तथा नेपाली समुदायहरुको विचमा मैत्रिपूर्ण सदभावका साथै कोरियाको वहुसांस्कृतिक समाजको परिकल्पनाको उद्धेश्य अनुरुप  नमस्ते नेपाल महोत्सव २०१३ को आयोजना गरिएकोजानकारी एन आर एन कोरियाका अध्क्ष्य के पी सिटैालाले बताउनु भयो । 'यसले निश्चयपनि हाम्रो उदेश्यमा सहयोग पुग्छ भन्ने हामीलाई लागेको छ,' सिटैालाको भनाई थियो ।
कोरियन लगाएत धेरैं मानिसको उपस्थितिले आफु गर्वित भएको नेपाली संपर्ग समिति कोरियका भुपु अध्क्षय मनोज कार्किले जानकारिदिनु  भयो ।
उता  राजदुत कमान सिह लामाले हामी जहाँ भए पनि हाम्रो नेपालीपन हामी सँगै हुन्छ भन्ने प्रमाण यो कार्यक्रमले दिएको बताउनु भयो । 
प्रत्येक वर्ष दर्जनौ सास्कृतिक कार्यक्रमहरु विभिन्न नेपाली संघ सस्थाहरुले आयोजना गरेता पनि नमस्ते नेपाल महोत्सव २०१३ को भने कोरियामा छुट्टै सान थियो । जसमा विभिन्न सांस्कृतिक प्रदर्शनी लोक तथा आधुनिक नेपाली गीत  लिम्बु समुदाय बाट गरिने च्याब्रङ्ग नाच र राई समुदायको साकेला नाचले उक्त क्षेत्रलाई मनमोहक बानाएको थियो भने राजदुत र पत्रकारहरुको नृत्यले कार्यक्रममा रैानकता छाएको थियो ।
कार्यक्रममा  नेपाल र नेपालीको पहिचान, कला संस्कृति, बुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथाको देश र  ऐतिहासिक सम्पदा तथा नेपालका प्राकृतिक सम्पदाका बारेमा जानकारी गराइने उदेश्यले  नेपाल कल्चर, नेपाली खाना र हस्तकला सहित छ वटा स्टल राखिएका थिए ।
उक्त महोत्सवमा भाग लिन आउने स्वदेशी तथा बिदेशी सहभागीहरुले नेपाली पनको स्वाद लिएका थिए भने नेपाल सम्वन्धि स्टलहरु नेपाल पर्यटन सम्बर्दन स्टल, नेपाल हस्तकला स्टल, नेपाली तस्विरहरु   र मनोरन्जनात्मक कार्यक्रमले आनन्द दिलाएको थियो ।






No comments: