Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 8, 2013

फोर्ब्सँग सम्बन्ध तोडे साउदी राजकुमारले, हेपेको आरोप


पहिलोपटक नेपालका बिनोद चौधरीलाई बिश्वका अर्बपतिहरुको सूचीमा राख्ने फोर्ब्सपत्रिकाको चर्चा अहिले नेपालमा चुलिएको छ । तर लामो समयदेखि त्यही सूचीमा पर्दै आएका साउदी बिजनेस टाइकुन तथा राजकुमार अलवालिद बिन तलाल भने पत्रिकाले आफुलाई हेपेको भन्दै रिसाएका छन् ।
पत्रिकाले पछिल्लोपटक प्रकाशन गरेको सूचीमा आफ्नो सम्पत्तिको वैज्ञानिक तरिकाले मूल्याङकन नगरिएको, नियोजितरुपमा आफुमाथि भेदभाव गरेको, मूल्याङ्कन बिधिमा अस्थीरता देखिएको र आफ्नो छवि तथा सम्पत्तिलाई अबमूल्यन गरिएको तलालले आरोप लगाएका छन । सन् २०१३ का अर्बपतिको सूचीमा तलाल २६ औं स्थानमा छन भने उनको सम्पत्ति २० अर्ब अमेरिकी डलर रहेको बताइएको छ ।
उनले पत्रिकाका प्रधान सम्पादक स्टीभ फोर्ब्सलाई एक पत्र लेख्दै सूचीबाट आफ्नो नाम हटाउन आग्रह गर्दै बिगतदेखि पत्रिकासँग रहिआएको सम्बन्ध पनि तोडेको घोषणा गरेका छन । उनले अबदेखि पत्रिकाका मूल्याङ्कनकर्ताहरुसँग काम नगर्ने र सहयोग नगर्ने उल्लेख गरेका छन । ‘राजकुमारको कार्यालय र उनको कम्पनी ‘किङडम होल्डिङ्स इन्भेष्टमेन्ट ग्रुपले पत्रिकासँगको लामो सम्बन्ध तोडेका छन’ उनको कम्पनीले निकालेको बिज्ञप्तिमा भनिएको छ ।

‘राजकुमार अब यो प्रकृयामा सहभागी हुनुहुन्न, पत्रिकाले गलत तथ्याङ्कको प्रयोग र नियोजित रुपमा मध्यपूर्वका लगानीकर्तालाई हानी पुर्‍याउने हिसावले काम भएका कारण यस्तो अबस्था आएको हो’ बिज्ञप्तिमा भनिएको छ । उनको कम्पनीले ब्लुमबर्गको अर्वपतिहरुको सूचीकरणलाई भने निरन्तर सहयोग गर्ने र सहभागीता जारी राख्ने बताएको छ । ब्लुमबर्गको मूल्याङ्कन बिधि बढि तथ्यमा आधारित रहेको उनले बताएका छन् । फोर्ब्सले राजकुमारको सम्पत्ति २० अर्ब अमेरिकी डलर रहेको उल्लेख गरेको छ भने ब्लुमबर्गले २८ अर्ब रहेको बताएको छ ।
किङडम होल्डिङमा तलालको ९५ प्रतिशत सेयर छ । बिश्वका ठूला बहुराष्ट्रिय वैंक, बित्तिय संस्था, होटल र संचारमाध्यममा लगानी गरेका तलालले सन् २०११ मा सामाजिक संजाल ट्वीटरमा ३ सय मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका थिए ।

No comments: